
१७ चैत्र, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी निर्देशनलाई भिमाद नगरपालिका, तनहुँले कार्यान्वयन नगर्ने जनाएको छ ।
नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै शिक्षा मन्त्रालयले सोमबार जारी गरेको निर्देशनलाई नमान्दै आफ्नो नगर क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्थाहरु संचालन गर्ने सूचना जारी गरेको छ ।
शिक्षा मन्त्रालयले वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थ्तििका कारण विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरका कारण विद्यालयहरु आज(मंगलबार) देखि शुक्रबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्देशन जारी गरेको भएता पनि भिमाद नगरपालिकाले भने आफ्नो नगर क्षेत्रभित्र त्यस्तो वातावरणीय असहजता नरहेको भन्दै विद्यालयहरु नियमित रुपमा संचालन गर्न गराउन निर्देशन दिएको हो ।
यो हो शिक्षा मन्त्रालयद्वारा जारी निर्णय :