back
CTIZAN AD

यसरी पोलिए आरनमा कविता

वि.सं.२०७३ माघ २० बिहीवार

1.1K 

shares

rajan mukarunकविद्धय मुक्तान थेवा र केवल बिनावी दाईको आग्रहलाई स्वीकार गर्दै अनामनगरस्थित मण्डला थियटर पुगें ठिक सवा दुई बजे । कार्यक्रम २ बजे सुरु हुने भनिएको थियो । नेपाली समय केही ढिलो होला भनेर मैले पनि केही समय ढिलै गरें हेपेर । जव म मण्डला थियटर भित्र छिरें भरिभराउ थियो थियटर । अगाडी ड्यासमा कवि विप्लव ढकाल आसन ग्रहण गरिरहेका थिए भने अर्का कवि राजन मुकारुङ्ग मञ्चमा बोलिरहेका थिए ।
उनले म पुग्नु भन्दा अगाडी के के बोले मैले सुन्न पाइन । ढोका छेउमै पुग्दा उनले अब सुरु गरौं भनेको सुने । दर्शकदीर्घाबाट हुन्छ हुन्छको आवाज गुन्जिँदै थियो ।
यसो हेर्दा भरिभराउ हल । सोंचे बस्ने ठाउँ पाइएला जस्तो छैन । उभिएर यताउता ठाउँ हेर्दै थिएँ । ढोकाको दाइपट्टी एउटा सीट खाली रहेछ । मेरा दाइ कृष्ण कुसुम त्यही सीटको आडमा रहेछन् । म आत्तिँदै त्यो खाली सिटमा बसें । म बस्दा र दाइसँग एकैछिन् बोल्दा राजन मुकारुङ्गले आफ्नो पहिलो कविता सुरु गरिसकेका थिए । के शीर्षकको कविता वाचन गरे सुरुमा मैले भेउ पाउन सकिन । कविता सुने तर शीर्षक सुनीन । त्यसपछि उनले अर्काे कविता हाट जाने अघिल्लो रात, १० वर्ष पछि, रातभर बाढी आउँदा, हटकेक नायिकाको कन्फेक्सन, ८ मार्च र भानुभक्त र अन्तिममा ह्वाइट हाउसमा सम्मानि हुँदा शीर्षकको कविता सुनाए र मञ्चबाट बीदा भए ।
उनको कविता सुनेर मन्त्रमुग्ध बनेका दर्शकको ध्यानलाई उद्घोषक राजु स्याङ्तानले भङ्ग गरिदिए । त्यसपछि बोलाए उनले अर्का कवि विप्लव ढकाललाई आरनमा कविता पोल्न । biplav dhakal
कवि विप्लव ढकालले पनि ढिलो नगरी सुरु गरे भ्यागुत्ताको बिहेबाट । त्यसपछि फुस्रा पात, पुर्खाको आत्मा, अन्तिम बेन्चबाट, चिसो पालमुनी, कोटको टाँक, म अज्ञात सहिद आएको छु, सिलिकन सुन्दरी र गाली । हैसियतमा रहेर गाली गर्न अनुरोध गर्दै उनले कविताको आरनलाई निभ्याए ।
विगत केही समयदेखि सांस्कृतिक रुपान्तरणका लागि उन्मुक्त आन्दोलन सुरु गरेको उन्मुक्त पुस्ताले यो पटक फरक खाले कार्यक्रमको आयोजना गरेको अभियानका अभियन्ता केवल विनावीको भनाइ थियो । पहिचानका मुद्दालाई साहित्यका माध्यामबाट शसक्त रुपमा उठाउँदै आएको उन्मुक्त पुस्ताले आज पनि कविता मार्फत ति कुराहरुलाई ल्याउने कोशिष ग¥यो ।

mass

वि.सं.२०७३ माघ २० बिहीवार ११:२७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...