
हङकङ । हङकङ अवस्थित विभिन्न मिडियाकर्मी नेपाली पत्रकारहरु विच एक ‘पत्रकार कार्यशाला गोष्ठी’ मंगलबार सम्पन्न भएको छ ।
गोष्ठीमा लिम्बु पत्रकार महासंघका उपाध्यक्ष बिष्णुमाया सिंघक लिम्बुले कार्यशाला गराएको थिए ।
ग्लोबल मिडिया र नेपाली पत्रकारतिा, नेपाली पत्रकारितामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शिर्षक रहेको गोष्ठीमा सिंघक लिम्बुले आफ्नो अनुभव सिकाउदै आम संचार र तिनका अनुसन्धानहरुमा लगानी गर्नु पर्ने वताए ।
आदिवासी जनजाति पत्रकारिता माथि उठ्न नसकिरहेको र उठ्न नसक्नुका कारण समाज पनि जिम्मेवार रहेको वताए । पत्र–पत्रिका र अध्ययनहरु संम्बन्धी समाज पूर्णरुपमा सचेत हुने हो भने आदिवासी जनजाती पत्रकारीता र तिनका मिडिया हाउसहरु आफै माथि उठ्ने लिम्बु वताउछन ।
आदिवासी जनजाति, उत्पीडित, महिला जनचेतना र विकासको लागि कार्यशाला गोष्ठीको आयोजना गरेको गोष्ठी संयोजक रविन लिङदेनले वताए । जनचेतनाको लागि भविश्यमा अझ धेरै यस्ता कार्यक्रमहरु गर्दै जाने लिङदेनले बताए ।
पत्रकार तथा माओवादी नेता रबिन लिङदेनको संयोजनमा रहेको कार्यशाला गोष्ठीमा दर्जन भन्दा धेरै हङकङका नेपाली मिडियाहरुको सहभागिता थियो ।
जोर्डन स्थित किरात याक्थुङ चुम्लुङ हिमको हलमा सम्पन्न उक्त गोष्ठीमा हङकङका नेपाली पत्रकारहरु सहित संघसस्थाको कार्यकारी पदाधिकारी, कलाकार, समाजसेवी लगायतका विभिन्न वौद्धिक व्यक्तित्वहरुको सहभागितामा भएको कार्यशाला गोष्ठी निरन्तर ५ घण्टा बढी चलेको थियो ।
बिष्णुमाया सिंघक लिम्बुको गोर्खा एफएम, रिपब्लिका डेली, द गार्खाज साप्ताहिक, तान्छोप्पा, जर्नल, स्मारिका सम्पादन र मास कम्यूनिकेशन राइ युनिभर्सिटी इण्डिया, त्रिभुवन युनिभर्सिटी, विभिन्न रिर्सचहरुमा गरेको अध्ययनहरुको अनुभवहरुको कार्यशाला गोष्ठी भएको थियो ।
रिर्सचहरुकै क्रममा उनले निर्माण गरेको ३० मिनेटको डा. हर्क गुरुङको जिवनी वारे र ५ मिनेटको “माङगेना” लिम्बु जातीको सिर उठाउने मुन्धुम वारे डकुमेन्ट्री फिल्म प्रदशन भएको थियो ।