back
CTIZAN AD

हङकङमा पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

वि.सं.२०७३ माघ २० बिहीवार

864 

shares

treaning
हङकङ । हङकङ अवस्थित विभिन्न मिडियाकर्मी नेपाली पत्रकारहरु विच एक ‘पत्रकार कार्यशाला गोष्ठी’ मंगलबार सम्पन्न भएको छ ।
गोष्ठीमा लिम्बु पत्रकार महासंघका उपाध्यक्ष बिष्णुमाया सिंघक लिम्बुले कार्यशाला गराएको थिए ।
ग्लोबल मिडिया र नेपाली पत्रकारतिा, नेपाली पत्रकारितामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शिर्षक रहेको गोष्ठीमा सिंघक लिम्बुले आफ्नो अनुभव सिकाउदै आम संचार र तिनका अनुसन्धानहरुमा लगानी गर्नु पर्ने वताए ।
आदिवासी जनजाति पत्रकारिता माथि उठ्न नसकिरहेको र उठ्न नसक्नुका कारण समाज पनि जिम्मेवार रहेको वताए । पत्र–पत्रिका र अध्ययनहरु संम्बन्धी समाज पूर्णरुपमा सचेत हुने हो भने आदिवासी जनजाती पत्रकारीता र तिनका मिडिया हाउसहरु आफै माथि उठ्ने लिम्बु वताउछन ।

treaning2
आदिवासी जनजाति, उत्पीडित, महिला जनचेतना र विकासको लागि कार्यशाला गोष्ठीको आयोजना गरेको गोष्ठी संयोजक रविन लिङदेनले वताए । जनचेतनाको लागि भविश्यमा अझ धेरै यस्ता कार्यक्रमहरु गर्दै जाने लिङदेनले बताए ।
पत्रकार तथा माओवादी नेता रबिन लिङदेनको संयोजनमा रहेको कार्यशाला गोष्ठीमा दर्जन भन्दा धेरै हङकङका नेपाली मिडियाहरुको सहभागिता थियो ।
जोर्डन स्थित किरात याक्थुङ चुम्लुङ हिमको हलमा सम्पन्न उक्त गोष्ठीमा हङकङका नेपाली पत्रकारहरु सहित संघसस्थाको कार्यकारी पदाधिकारी, कलाकार, समाजसेवी लगायतका विभिन्न वौद्धिक व्यक्तित्वहरुको सहभागितामा भएको कार्यशाला गोष्ठी निरन्तर ५ घण्टा बढी चलेको थियो ।
बिष्णुमाया सिंघक लिम्बुको गोर्खा एफएम, रिपब्लिका डेली, द गार्खाज साप्ताहिक, तान्छोप्पा, जर्नल, स्मारिका सम्पादन र मास कम्यूनिकेशन राइ युनिभर्सिटी इण्डिया, त्रिभुवन युनिभर्सिटी, विभिन्न रिर्सचहरुमा गरेको अध्ययनहरुको अनुभवहरुको कार्यशाला गोष्ठी भएको थियो ।
रिर्सचहरुकै क्रममा उनले निर्माण गरेको ३० मिनेटको डा. हर्क गुरुङको जिवनी वारे र ५ मिनेटको “माङगेना” लिम्बु जातीको सिर उठाउने मुन्धुम वारे डकुमेन्ट्री फिल्म प्रदशन भएको थियो ।

वि.सं.२०७३ माघ २० बिहीवार ०९:१५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...