back
CTIZAN AD

नेफेसो अमेरिकाको अन्तरक्रिया सम्पन्न

वि.सं.२०७३ माघ २० बिहीवार

957 

shares

photo-nesofa

न्यूयोर्क । नेपाल संघीय समाज फोरम (नेफेसो) अमेरिकाले न्यूयोर्क ज्याक्सन हाइटमा एक विशेष समारोहका बीच  भेटघाट तथा  अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा प्राकृतिक स्रोत साधन विभाग प्रमुख, ताम्सालिङ प्रदेश समितिका  अध्यक्ष सोनु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा  लामाले  नेपालको बर्तमान अवस्थाका बारेमा प्रस्ट पार्नुभएको थियो ।

 उहाँले अहिलेको सरकारले ल्याएको संविधान शंसोधनलाई आवस्यक  परिमार्जन गरेर  मात्र स्वीकार्ने बताउदै राज्य पुनसंरचना आयोगले दिएको सुझावको आधारमा १०+१ प्रान्त  संघीय समाजवादी फोरम नेपालको बटमलाइन रहेको  पनि उहाँले बताउनु भयो ।

साथै उहाँले अब देशमा न्याय, समानता, पहिचान र संघीयताको लागि  फेरि एकपटक आन्दोलनको जरुरी रहेको बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेफेसो सल्लाहकार पूर्व डिआइजी पार्वती थापा मगर, पूर्व एसपी किंङ (वाहाङ) राई, त्रिभुवन  विश्वविद्यालयका सांस्कृतिक विभाग प्रमुख डा. मिलनरत्न शाक्य, पुण्यलोक भान्टे लगायतले आ–आफ्नो  धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष समिर मर्हजनकोअध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रम सचिव लोक चेम्जोङले संचालन गर्नु भएको थियो ।

वि.सं.२०७३ माघ २० बिहीवार ०७:५० मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...