
२७ चैत, काठमाडौ । नेकपा माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेका चार मन्त्रीहरु सपथको दिन कुर्दै छन् । उनीहरु बिहीबार सांसदका साथै मन्त्रीबाट पनि पदमुक्त भएका थिए ।
सांसदबाट पदमुक्त बनेका लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले पुन सपथ लिएपछि मात्र मन्त्रीको पदमा रहने छन् । मदमुक्त भएका मन्त्री प्रभु शाहका अुसार उनीहरु पुन सपथको दिन कुरी रहेको र सपथ पछि मात्र मन्त्रालय जाने बताए ।
अब उनीहरु सांसद नरहेकाले पुन सपथ लिएर मात्र मन्त्री बन्न पाउने छनभने मन्त्री बनेपनि ६ महिनाका लागि मात्र मन्त्री पदमा रहन पाउने संवैधानिक व्यवस्था छ। उनीहरुसँगै माओवादी छोडेर ओली सरकारमा मन्त्री बनेका मणि थापा र दावा लामा भने सांसद नरहेकाले पुन सपथ लिनुपर्ने अवस्था छैन । उनीहरु पनि ६ महिनाका लागि मात्र मन्त्री बन्न पाउने छन् ।
पदमुक्त गरिएका मन्त्रीहरु सपथका लागि दिन कुरी रहेपनि उनीहरुको सपथका लागि अहिलेसम्म कुनै तयारी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा पनि उनिहरूकाे सपथका लागि कुनै तयारी भएको छैन ।