
२९ चैत, बेलायत । बेलायतको स्थानीय निकायको निर्वाचनमा अर्घाखाँचीका जिवनारायण वेल्वासेले उम्मेदवारी दिएका छन् ।
२० वर्षदेखि बेलायतको अल्डरशटमा बस्दै आएका बेल्वासेले आगमी मे ६ मा हुने अल्डरशटको वेलिङटन वार्डबाट काउन्सिलर पदमा उम्मेदवारी दिएका हुन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको खिल्जिमा जन्मेका बेल्वासे नेपाली प्रहरीका पूर्व अधिकृत समेत हुन् ।
ग्रेटर रशमोर नेपाली कम्युनिटीका निर्वतमान अध्यक्ष समेत रहेका बेल्वासेले रशुमरको स्थानीय निकाय एम पी, रसमुरको स्थानीय निकाय एम पी, रसमुर बोरो काउन्सिल, काउन्सिल लिडर, काउन्सिलर, अफिसियल, स्थानीय प्रहरी, सिटिजन एडभाइजर ब्युरो, रसमुर भोलियन्टियर्स सर्भिस, फायर एन्ड रेस्क्यु सर्भिस, प्राइमरी केयर नेटवर्क, क्लिनिकल कमिसिनिग ग्रुप लगायतका निकायहरुमा स्थानीय नेपालीहरुको समस्या अबगत गराउने र त्यसलाई सम्बोधन गराउन सक्रिय भूमिका निर्बाह गर्दै आएका छन् ।
आगामी ६ मईमा हुने स्थानीय निकायको निर्वाचनमा तनहुँका नेम थापा मगरले पनि रशोमर बरोको चेरिउड वार्डको काउन्सिलर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बेलायतको स्थानीय निकायको निर्वाचनमा नेम थापा मगरले दिए काउन्सीलर पदमा उम्मेदवारी
वि.सं.२०७७ चैत २९ आइतवार १४:०३ मा प्रकाशित