back
CTIZAN AD

दोलखामा जिप दुर्घटना हुँदा ४ को मृत्यु, १७ घाईते

वि.सं.२०७७ चैत ३१ मंगलवार

696 

shares

३१ चैत, काठमाडौं । दोलखामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै १७ जना घाईते भएका छन् ।

सिन्धुपाल्चोकको तातोपानी हुँदै दोलखाको विगु गाउँपालिका तर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३च–७५८० नम्बरको जिप सोमबार राति ११ बजेतिर विगु गाउँपालिका -४ सिंगटीमा दुर्घटना हुँदा दोलखाको विगु गाउँपालिकाका ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का, ३५ वर्षीय विनोद केसी र २४ वर्षीया चण्डिका थापाको दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुमध्ये तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाका अनुसार अगाडि ५ जना बस्न मिल्ने उक्त जिपको पछिल्लो भागमा त्यतिधेरै यात्रु राखेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘रातिको बेला उकालो बाटो धेरै यात्रु राखेका कारण जिप अनकन्ट्रोल भएर दुर्घटना भएको अनुसन्धानमा देखिएको छ ।’ प्रहरी निरीक्षक कोइरालाले संसारन्युजसँग भने । दुर्घटनामा घाईते भएकाहरुमा १४ जनालाई धुलिखेल अस्पताल पठाइसकिएको छ । साथै एकजनालाई विएण्डबी अस्पताल र १ जनालाई ट्रमा सेन्टर पठाइएको छ भने एकजनाको दोलखामै उपचार भइरहेको छ ।

कोइरालाले पहिलो चरणको उद्धार कार्य सकिएको र थप अनुसन्धानमा लागिरहेको बताए ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ०९:१५ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...