३१ चैत्र, काठमडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामबहादुर गुरुङ निर्वाचित भएका छन् । संघको सोमबार भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् ।
संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा र हिरावहादुर लामा उपाध्यक्षमा निर्वाचित भएका छन् भने दावा शेर्पा महासचिव बनेका छन् ।
यस्तै, बलराम गुरुङ र देवआनन्द सारावगी सचिवमा चयन भएका छन् । कोपाध्यक्षमा दानवहादुर चन्द ठकुरी र सह– कोषाध्यक्षमा राधा पन्त चयन भउका छन् ।
संघमा सात जना सदस्य रहेका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १२:४७ मा प्रकाशित






























