back

भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमितको संख्या, एकैदिन झण्डै २ लाख संक्रमित,१ हजार बढीको निधन

वि.सं.२०७८ वैशाख २ बिहीवार

390 

shares
GLOBAL IME AD
NTC AD

२ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्ररुपमा बढ्दैछ । पछिल्लो २४ घण्टामा १ लाख ९९ हजार ३७६ नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै १ हजार ३७ जनाले ज्यान गुमाएका छन् भने २४ घण्टामा ९३ हजार ४१८ जना निको भएका छन् ।

भारतमा हालसम्म संक्रमितको संख्या १ करोड ४० लाख रहेको छ । ती मध्ये १ करोड २४ लाख निको भइसकेका छन् भने हाल सक्रिय संक्रमितको १४ लाख ६५ हजार रहेको छ । साथै १ लाख ७३ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्रमा बुधबार ५८ हजार ९५२ जना नयाँ संक्रमित थपिएका छन् भने ३९ हजार ६२४ जना निको भएका छन् । त्यहाँ बुधबार २७८ जनाले ज्यान गुमाएका छन् ।

महाराष्टमा हालसम्म ३५ लाख ७८ हजार संक्रमित थपिएका छन् भने २९ लाख निको भएका छन् । साथै त्यहाँ ५८ हजार ८०४ जनाले ज्यान गुमाइसकेका छन् ।

महाराष्ट्रमा झण्डै ६ लाख १२ हजार सक्रिय संक्रमित रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

वि.सं.२०७८ वैशाख २ बिहीवार ०९:३४ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...