back
CTIZAN AD

भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमितको संख्या, एकैदिन झण्डै २ लाख संक्रमित,१ हजार बढीको निधन

वि.सं.२०७८ वैशाख २ बिहीवार

795 

shares

२ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्ररुपमा बढ्दैछ । पछिल्लो २४ घण्टामा १ लाख ९९ हजार ३७६ नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै १ हजार ३७ जनाले ज्यान गुमाएका छन् भने २४ घण्टामा ९३ हजार ४१८ जना निको भएका छन् ।

भारतमा हालसम्म संक्रमितको संख्या १ करोड ४० लाख रहेको छ । ती मध्ये १ करोड २४ लाख निको भइसकेका छन् भने हाल सक्रिय संक्रमितको १४ लाख ६५ हजार रहेको छ । साथै १ लाख ७३ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्रमा बुधबार ५८ हजार ९५२ जना नयाँ संक्रमित थपिएका छन् भने ३९ हजार ६२४ जना निको भएका छन् । त्यहाँ बुधबार २७८ जनाले ज्यान गुमाएका छन् ।

महाराष्टमा हालसम्म ३५ लाख ७८ हजार संक्रमित थपिएका छन् भने २९ लाख निको भएका छन् । साथै त्यहाँ ५८ हजार ८०४ जनाले ज्यान गुमाइसकेका छन् ।

महाराष्ट्रमा झण्डै ६ लाख १२ हजार सक्रिय संक्रमित रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

वि.सं.२०७८ वैशाख २ बिहीवार ०९:३४ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...