back
CTIZAN AD

अन्तरिक्षका पहिलो यात्री गाग्रिनले उड्ने बेलासम्म रकेट समेत देखेका थिएनन्

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

1.2K 

shares

ऐजेन्सी । मानिसले अंतरिक्षमा उडान गरेको गत १२ अप्रिलमा ६० वर्ष पुरा भएको छ । १२ अप्रिल १९६१ को दिन सोभियत रसियन लेफ्टिनेन्ट युरी गागरिन ले पहिलोपटक बैंकोनुर कोस्मोड्रोम नामक अन्तरिक्षयान मार्फत अन्तरिक्षको उडान गरेका थिए । बैज्ञानिक गागरिनले गरेको सो उडान केवल १ घण्टा ४८ मिनेट मात्रै भएको थियो । इतिहासमा यो एउटा ऐतिहासिक घट्ना थियो, किनकी सो दिन मानिसले पहिलोपटक अन्तरिक्षमा पाहिला राखेको दिन थियो । तर यथार्थ यो थियो कि सो यान परमाणु हतियार प्रयोग गर्नको लागि डिजाइन गरिएको थियो ।

युरी गागरीनले रकेट समेत देखेका थिएनन्
अन्तरिक्षयान मार्फत अन्तरिक्षमा उडान गर्दा युरी गागरीन मात्रै २७ वर्ष उमेरका थिए । जतिवेला उनि अचानक अन्तरिक्ष उडानको लागि चुनिन पुगेका थिए । उनिलाई चार दिन पहिले उक्त उडानको लागि छनौट गरिएको थियो । जसका कारण गाग्रीनले उडानको लागि छोटो समयमा धेरै कठिन एवं जटिल विषयहरुमा प्रशिक्षण लिनुपर्ने आवश्यता भयो । यहाँ तक कि जुन अन्तक्षियानमा गाग्रीनले चढ्नु थियो, त्यतिवेला सम्म उनले रकेट समेत देखेका थिएनन् ।

अन्तरिक्ष मिशनको रुसी सेनाले विरोध गरेको थियो
आजको दिनमा हेर्दा युरी गाग्रीनको नेतृत्वमा भएको उक्त मिशन ऐतिहासिक सावित भएको छ । यद्यपी सो पहिलो अन्तरिक्षयान उडान कार्यक्रमको रुसी सेनाले विरोध गरेको थियो । सेनाले मानव यान परिक्षणलाई अनावश्यक समय एवं फजुल खर्च भएको बताएको थियो । त्यतिवेला अमेरिकाले पनि अन्तरिक्षयान उडानको परिक्षण गर्न खोजिरहेको थियो, जसले गर्दा रुसी बैज्ञानिकले जुनसुकै हालतमा पनि उक्त अवसरलाई नछोडेर सफल बनाउन चाहन्थे ।

रसियन सेनाले अन्तिममा उक्त अन्तरिक्ष परिक्षणमा उक्त यानलाई परमाणु हतियार सहित परिक्षण गर्ने शर्तमा आफ्नो पनि सहमति जनाएको थियो, ताकि अमेरिकामा कुनै पनि बेला परमाणु हमला गर्न सकियोस । गाग्रीनको अन्तरिक्ष यात्रा केवल पहिलो मानव अन्तरिक्ष यात्रा थिएन त्यो परमाणु हतियारको साथ पृथ्वीको बाहिरी कक्षमा उडान परिक्षण गरिएको पहिलो मिशन परिक्षण पनि थियो ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०९:४७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...