back
CTIZAN AD

साथी भेट्न गाईफार्ममा पुगेका युवकको खुकुरी प्रहार गरी हत्या

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

669 

shares

३ बैशाख, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको विहीवार गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो । राई र खुलालबीच विवाद भएपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो । घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट मृतक राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०९:१८ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...