back

राजस्थान ३ विकेटले विजयी, मिलर र मेरिसको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

384 

shares
GLOBAL IME AD
NTC AD

३ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा राजस्थान रोयल्सले आफ्नो पहिलो जित हासिल गरेको छ । राजिस्थानले आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान रिषभ पंतले अर्धसतकीय पारी खेलेका थिए । उनी ३२ बलमा ५१ रन बनाएर आउट भएका थिए । राजस्थानका लागि बलिङ्गमा भने जयदेव उनाडकटले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।

दिल्लीले दिएको १४८ रनको सामान्य लक्ष्य राजस्थानले १९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । राजस्थानका लागि डेविड मिलरले ४३ बलमा ६२ रनको पारी खेलर आउट भएका थिए । त्यसैगरी खेलको अन्तिम समयमा क्रिस मोरिसले १८ बलमा ३६ रनको उत्कृष्ट पारी खेल्दैँ राजस्थानले यस आईपिएलमा पहिलो जित दिलाएका थिए । दिल्लीका लागि बलिङ्ग तर्फ आवेश खानले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै राजिस्थानले २ खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १०:२२ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...