back
CTIZAN AD

राजस्थान ३ विकेटले विजयी, मिलर र मेरिसको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

699 

shares

३ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा राजस्थान रोयल्सले आफ्नो पहिलो जित हासिल गरेको छ । राजिस्थानले आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान रिषभ पंतले अर्धसतकीय पारी खेलेका थिए । उनी ३२ बलमा ५१ रन बनाएर आउट भएका थिए । राजस्थानका लागि बलिङ्गमा भने जयदेव उनाडकटले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।

दिल्लीले दिएको १४८ रनको सामान्य लक्ष्य राजस्थानले १९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । राजस्थानका लागि डेविड मिलरले ४३ बलमा ६२ रनको पारी खेलर आउट भएका थिए । त्यसैगरी खेलको अन्तिम समयमा क्रिस मोरिसले १८ बलमा ३६ रनको उत्कृष्ट पारी खेल्दैँ राजस्थानले यस आईपिएलमा पहिलो जित दिलाएका थिए । दिल्लीका लागि बलिङ्ग तर्फ आवेश खानले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै राजिस्थानले २ खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १०:२२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...