back
CTIZAN AD

विराट गोल्डकप : संकटालाई पाखा लाउदै पञ्जाब पुलिस फाइनलमा 

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

762 

shares

३ बैशाख, काठमाडौं । काठमाडौंको संकटा क्लबलाई पराजित गर्दै भारतको पन्जाब पुलिस क्लब विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार विराटनगरमा संपन्न खेलमा पन्जाबले १-० को गोल हात पार्दै फाइनल प्रवेश पाएको हो ।

केहि दिनअघि मात्र पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेको संकटा त्यही जोसका साथ मैदानमा उत्रिए पनि सफलता हात पार्न सेकेन । पन्जाबका लागि खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै फाइनलको यात्रातय गराएका थिए ।

संकटालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको पन्जाबले अब शनिबार उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिष्पर्धा गर्नेछ । पन्जाबले शनिबार उपाधि भिडन्तमा ओर्लँदा नियमित कप्तान जगदिप सिंहलाई गुमाउनेछ । खेल सके लगतै संकटाका साहिद स्मार्टसँग हात हालाहालमा ओर्लेपछि रेफ्री श्याम दनुवारले उनीहरू दुवैलाई रातो कार्ड देखाएका थिए।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:१६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...