back

सरकार फेर्ने अन्तिम तयारीमा छौं– देवेन्द्र पौडेल

वि.सं.२०७८ वैशाख ५ आइतवार

381 

shares
GLOBAL IME AD
NTC AD

५ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) को स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले आफूहरु सरकार फेर्ने अन्तिम तयारीमा पुगेको बताएका छन् ।

जताततै सरकार धर्मराउन थालेपछि ओली निकटका शुत्रहरुले सहजीकरणको प्रयास गरेको समेत बताएका पौडेलले मुलुकको यो समग्र स्थितिको जिम्मेवार प्रधानमन्त्री ओली भएको र अहिलेका प्रधानमन्त्री अहिलेसम्मकै अयोग्य भएको समेत बताएका थिए । उनले नेकपा (माओवादी केन्द्र) मार्फत् क्रान्तिकारी आन्दोलन पुनर्गठन हुन लागेको समेत बताएका थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्य, बुद्धिजीवीहरु नीलकण्ठ तिवारी, मनहरि तिमिल्सिीना र गण्डकी प्रदेश सम्पर्क संयोजक तारा कुमाल लगायतले प्रतिगमनका विरुद्धको लडाईलाई अवसरका रुपमा लिँदै संगठन बलियो बनाउन शुभकामना दिएका थिए ।

कार्यक्रममा धौलागिरी समाजका उपाध्यक्ष भक्तराज भुसालले शुभकामना र गण्डकी प्रदेश सम्पर्क मन्चका सदस्य धर्मागत भुसालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा मन्चका अध्यक्ष नारायण काफ्लेले सभापतित्व गर्दै प्रतिवेदन पेश गरेका थिए भने अशोक पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

भीम रेग्मी अध्यक्ष तथा मनहरि तिमिल्सीना, धर्मागत भुसाल र नारायण काफ्ले रहेको निर्वाचन मण्डलले शिवलाल पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको थियो ।

 

 

वि.सं.२०७८ वैशाख ५ आइतवार ०८:५७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...