back
CTIZAN AD

सरकार फेर्ने अन्तिम तयारीमा छौं– देवेन्द्र पौडेल

वि.सं.२०७८ वैशाख ५ आइतवार

900 

shares

५ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) को स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले आफूहरु सरकार फेर्ने अन्तिम तयारीमा पुगेको बताएका छन् ।

जताततै सरकार धर्मराउन थालेपछि ओली निकटका शुत्रहरुले सहजीकरणको प्रयास गरेको समेत बताएका पौडेलले मुलुकको यो समग्र स्थितिको जिम्मेवार प्रधानमन्त्री ओली भएको र अहिलेका प्रधानमन्त्री अहिलेसम्मकै अयोग्य भएको समेत बताएका थिए । उनले नेकपा (माओवादी केन्द्र) मार्फत् क्रान्तिकारी आन्दोलन पुनर्गठन हुन लागेको समेत बताएका थिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्य, बुद्धिजीवीहरु नीलकण्ठ तिवारी, मनहरि तिमिल्सिीना र गण्डकी प्रदेश सम्पर्क संयोजक तारा कुमाल लगायतले प्रतिगमनका विरुद्धको लडाईलाई अवसरका रुपमा लिँदै संगठन बलियो बनाउन शुभकामना दिएका थिए ।

कार्यक्रममा धौलागिरी समाजका उपाध्यक्ष भक्तराज भुसालले शुभकामना र गण्डकी प्रदेश सम्पर्क मन्चका सदस्य धर्मागत भुसालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा मन्चका अध्यक्ष नारायण काफ्लेले सभापतित्व गर्दै प्रतिवेदन पेश गरेका थिए भने अशोक पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

भीम रेग्मी अध्यक्ष तथा मनहरि तिमिल्सीना, धर्मागत भुसाल र नारायण काफ्ले रहेको निर्वाचन मण्डलले शिवलाल पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको थियो ।

 

 

वि.सं.२०७८ वैशाख ५ आइतवार ०८:५७ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...