back
CTIZAN AD

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई ३ हजार दिने व्यवस्था

वि.सं.२०७८ वैशाख ५ आइतवार

645 

shares

५ वैशाख, जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताए ।

उनले भने, “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउने छन् ।” छोराको न्वारन गर्ने, छोरी जन्मँदा नगर्ने, छोरीलाई सरकारी स्कूलमा पढाउने, छोरालाई महँगा निजी स्कूलमा पढाउने विभेद कायमै रहेको उनको भनाइ थियो । गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताए ।

अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा जागोस् भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको बताइएको छ । घरपरिवारले अनिवार्य रुपमा रु तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो ।

अब जन्मिने बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत निजकै खाता जम्मा गर्नुपर्ने नियमसमेत बनाएको छ । गाउँपालिकाले बालबालिकाका लागि कोष खडा गरेको छ । रासस

वि.सं.२०७८ वैशाख ५ आइतवार १६:४८ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...