
सन्सारन्युज/हालसालै युएई सरकारले आफ्नो महत्वकांक्षी अन्तरिक्ष यात्राको लागि २७ वर्षिया महिला इन्जिनियर नोरा अल मतरुसीलाई चयन गरेको छ । यो संगै नोरा अब पुरै अरब देशहरुको तर्फबाट पहिलो महिला अन्तरिक्ष यात्री बन्ने भएकी छन् । इन्जिनियर मतरुसी अहिले अबुधावी नेशनल पेट्रोलियम कम्पनीमा कार्यरत छन् । अब मतरुसी अमेरीकामा अन्तरिक्ष यात्राको लागि हुने २०२१ को तालिममा सहभागी हुनेछिन् । यो सँगै अहिलेसम्म ६५ महिलाहरुले अन्तरिक्ष यात्रा गर्नेछन् ।
रसियन महिला वेलेन्टिना टेरेसकोवा संसारकै पहिलो महिला अन्तरिक्ष यात्री हुन् । उनि ४ सय जना भन्दा धेरै आवेदकको बीचमा अन्तरिक्ष यात्राको लागि चुनिन सफल भएकी थिइन् । टेरेसकोवाको जन्म ६ मार्च १९३७ मा भएको थियो । टेरेसकोवाको पहिलो अन्तरिक्ष उडान सन् १९६३ जुन ६ मा भएको थियो । अन्तरिक्ष यात्रीको रुपमा अगाडि बढ्नको लागि टेरेसकोवालाई पहिला रुसी सेनामा सहभागी गराइएको थियो । उनि अहिलेसम्मको सबैभन्दा कम उमेरकी महिला अन्तरिक्ष यात्री समेत हुन ।
अन्तरिक्षमा दोस्रो पाइला राख्ने महिला रुसी नागरिक येवजेनेयेवना सवित्सकाया हुन् । सन् १९८२ मा उनले अन्तरिक्ष यात्रा गर्न सफल भएकी थिइन् । सन् १९८४ मा पुनः अर्को मिशनमा जाने क्रममा सवित्सकायाले अन्तरिक्षमा दोस्रोपटक पाइला राखेकी थिइन् । अहिलेसम्म अन्तरिक्षमा दुइपटक भ्रमण गरेर रेकर्ड कायम गर्न सफल महिलाको नाम पनि सवित्सकाया हो । सँगै अन्तरिक्षमा पहिलो स्पेश वाक गर्ने महिलाको रुपमा पनि यिनै सवित्सकायाले रेकर्ड राखेकी छन् ।
बिना कुनै मिसन अन्तरिक्ष यात्रा गर्ने अमेरिकी महिला पाइलट एलिन कोलिस हुन् । जसले सन् १९९५ मा अन्तरिक्षको यात्रा गरेकी थिइन् । यिनले ३२ सालको उमेरमा अन्तरिक्षको भ्रमण गरेकी थिइन् ।
नासाले टिचर इन स्पेशको लागि पहिलोपटक हाइ स्कुल शिक्षकलाई अन्तरिक्ष भ्रमणको लागि चयन गरेको थियो । सन् १९८६ जनवरी २८ को दिन स्पेश अवतरण गर्ने क्रममा दुर्घटना भएर शिक्षक क्रिस्टा सहित भ्रमण दलका सबैको मृत्यु भएको थियो ।
ऐजेन्सीहरुको सहयोगमा