back
CTIZAN AD

अल मतरुसी सँगै ६५ जना महिलाहरुले अन्तरिक्ष यात्रा गर्ने

वि.सं.२०७८ वैशाख ६ सोमवार

972 

shares

सन्सारन्युज/हालसालै युएई सरकारले आफ्नो महत्वकांक्षी अन्तरिक्ष यात्राको लागि २७ वर्षिया महिला इन्जिनियर नोरा अल मतरुसीलाई चयन गरेको छ । यो संगै नोरा अब पुरै अरब देशहरुको तर्फबाट पहिलो महिला अन्तरिक्ष यात्री बन्ने भएकी छन् । इन्जिनियर मतरुसी अहिले अबुधावी नेशनल पेट्रोलियम कम्पनीमा कार्यरत छन् । अब मतरुसी अमेरीकामा अन्तरिक्ष यात्राको लागि हुने २०२१ को तालिममा सहभागी हुनेछिन् । यो सँगै अहिलेसम्म ६५ महिलाहरुले अन्तरिक्ष यात्रा गर्नेछन् ।

रसियन महिला वेलेन्टिना टेरेसकोवा संसारकै पहिलो महिला अन्तरिक्ष यात्री हुन् । उनि ४ सय जना भन्दा धेरै आवेदकको बीचमा अन्तरिक्ष यात्राको लागि चुनिन सफल भएकी थिइन् । टेरेसकोवाको जन्म ६ मार्च १९३७ मा भएको थियो । टेरेसकोवाको पहिलो अन्तरिक्ष उडान सन् १९६३ जुन ६ मा भएको थियो । अन्तरिक्ष यात्रीको रुपमा अगाडि बढ्नको लागि टेरेसकोवालाई पहिला रुसी सेनामा सहभागी गराइएको थियो । उनि अहिलेसम्मको सबैभन्दा कम उमेरकी महिला अन्तरिक्ष यात्री समेत हुन ।

अन्तरिक्षमा दोस्रो पाइला राख्ने महिला रुसी नागरिक येवजेनेयेवना सवित्सकाया हुन् । सन् १९८२ मा उनले अन्तरिक्ष यात्रा गर्न सफल भएकी थिइन् । सन् १९८४ मा पुनः अर्को मिशनमा जाने क्रममा सवित्सकायाले अन्तरिक्षमा दोस्रोपटक पाइला राखेकी थिइन् । अहिलेसम्म अन्तरिक्षमा दुइपटक भ्रमण गरेर रेकर्ड कायम गर्न सफल महिलाको नाम पनि सवित्सकाया हो । सँगै अन्तरिक्षमा पहिलो स्पेश वाक गर्ने महिलाको रुपमा पनि यिनै सवित्सकायाले रेकर्ड राखेकी छन् ।
बिना कुनै मिसन अन्तरिक्ष यात्रा गर्ने अमेरिकी महिला पाइलट एलिन कोलिस हुन् । जसले सन् १९९५ मा अन्तरिक्षको यात्रा गरेकी थिइन् । यिनले ३२ सालको उमेरमा अन्तरिक्षको भ्रमण गरेकी थिइन् ।

नासाले टिचर इन स्पेशको लागि पहिलोपटक हाइ स्कुल शिक्षकलाई अन्तरिक्ष भ्रमणको लागि चयन गरेको थियो । सन् १९८६ जनवरी २८ को दिन स्पेश अवतरण गर्ने क्रममा दुर्घटना भएर शिक्षक क्रिस्टा सहित भ्रमण दलका सबैको मृत्यु भएको थियो ।
ऐजेन्सीहरुको सहयोगमा

वि.सं.२०७८ वैशाख ६ सोमवार ०८:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...