
६ चैत्र, बुटबल । लुम्बिनीमा माओवादी केन्द्रबाट मन्त्री बनेका २ मन्त्रीले राजीनामा दिएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।