
वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । उनले जवाफमा आफुँले पार्टीलाई विधान र पद्धतिअनुसार अगाडि बढाउन खोजेको बताएका छन् ।
ओलीले उनी र उनको समूह लक्षित गरि गरेको टिप्पणीप्रति नेता नेपालले आपत्ती पनि जनाएका छन् । उनले पार्टीलाई विधि र पद्धतिअनुसार चल्नुपर्छ भन्दा अनुशासनहीन, अराजक र आपराधिक देख्नु आफैंमा दृष्टिभ्रम र विचलनको घोतक भएको टिप्पणी गरेका छन् ।
‘मेरो धारणा सम्मानित सर्वोच्च अदालतको फैसलाको निर्देशनअनुरुप छ, यस्तो सम्मानित सर्वोच्च अदालतको फैसला तथा पार्टी विधान र पद्धतिसम्मत धारणालाई तपाईँले “अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप” भनि लाञ्छित गर्नु नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्धतिका सम्बन्धमा तपाईँ स्वंयमा उत्पन्न दृष्टिभ्रम र विचलनको घोतक हो’, स्पष्टीकरणमा नेपालले भनेका छन् ।
उनले फागुन २८ मा ओलीले गरेको एकलौटी निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै उक्त निर्णयको विरुद्वमा बोल्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । नेता नेपालले स्पष्टीकरणका ओलीले प्रयोग गरेका शब्द, वाक्य र आरोपहरु झुठा, मर्यादाहीन, उदण्ड र उत्तेजक रहेको बताएका छन् ।
यस्तो छ माधव नेपालले बुझाएको स्पष्टीकरण