back
CTIZAN AD

नेपालमा ५ वर्ष मुनिका ३ हजार ५६५ बालबालिकालाई कोरोना संक्रमण,सावधानी अपनाउन मन्त्रालयको अनुरोध

वि.सं.२०७८ वैशाख ९ बिहीवार

645 

shares

९ बैशाख, काठमाडौं । नेपालमा हालसम्म ३ हजार ५६५ जना पाँचवर्ष मुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा केहीदिन अघि जारी तथ्यांक अनुसार नेपालमा हालससम्म ३ हजार ५६५ बालबालिका कोरोना संक्रमित भएका हुन् । संक्रमित मध्ये १० जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकालाई पनि कोरोनाको जोखिम हुने हुनाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो समय देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आफ्ना बालबालिकालाई जनस्वास्थ्यका मापदण्ड पालना गराउनु पर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने र धुन लगाउने तथा भिडभाडमा आफू पनि नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ८९ हजार ९८१ जना कोरोनाबाट संक्रमण भएका छन् । ती मध्ये २ लाख ७६ हजार ९३ जना निको भइसकेका छन् । साथै बुधबारसम्म ३,११२ जनाको निधन भएको छ ।

May be an image of text that says 'yှ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्द? हुदैन नेपालमा अहिले सम्म वर्षमुनिका 3,,६Y जनालाई कोरोना संक्रमण भईसकेको छ भने १० जनाले ज्याने गुमाईसकेका छन् त्यसैले आफूसँगै बालबालिकालाई पनि जनस्वास्थ्यका मापदण्डहरु पुर्णतया पालना गराउनुपर्छ मास्क लगाउने, साबुन पानीले हात धुने धुन लगाउने, र मिडभाडमा आफू पनि नजाने बालबालिकालाई पनि जान नदिने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, काठमाडी'

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:२३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...