
९ बैशाख, काठमाडौं । नेपालमा हालसम्म ३ हजार ५६५ जना पाँचवर्ष मुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा केहीदिन अघि जारी तथ्यांक अनुसार नेपालमा हालससम्म ३ हजार ५६५ बालबालिका कोरोना संक्रमित भएका हुन् । संक्रमित मध्ये १० जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकालाई पनि कोरोनाको जोखिम हुने हुनाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
पछिल्लो समय देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आफ्ना बालबालिकालाई जनस्वास्थ्यका मापदण्ड पालना गराउनु पर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने र धुन लगाउने तथा भिडभाडमा आफू पनि नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ८९ हजार ९८१ जना कोरोनाबाट संक्रमण भएका छन् । ती मध्ये २ लाख ७६ हजार ९३ जना निको भइसकेका छन् । साथै बुधबारसम्म ३,११२ जनाको निधन भएको छ ।