back
CTIZAN AD

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि

वि.सं.२०७८ वैशाख ९ बिहीवार

612 

shares

९ बैशाख, टिकापुर । कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ ।

कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमा समेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताइन्।

“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उनले भनिन्, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताइन् । उनले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताइन् ।

“किसानले समयमा चल्ला पाएनन् त्यसले कुखुरा अभाव भयो”, रावलले भनिन्, “ब्रोइलर कुखुराको मासुको माग बढ्दै गएको र पूर्ति गर्न उत्पादन नभएकाले दैनिक मासुको मूल्य बढ्दै गएको हो । अभाव हेर्दा अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” बजारमा ब्रोइलर अभाव भएसँगै बिक्री मूल्यमा एकरूपतासमेत छैन । बजारमा मासु उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा रु ३८० देखि ४२० सम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताइन् ।

‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्थापन ऐन निर्माण गरिसकेको छ । ऐन अनुसार प्रक्रियामा जानेछौँ’’, उपप्रमखु विष्टले भनिन्, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजारमा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही व्यापारीलाई कारवाहीको दायरामा समेत ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउनेलाई कारवाही गर्ने बताइन् ।
रासस

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:३६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...