back
CTIZAN AD

कटुवा पेस्तोलसहित एक जना पक्राउ

वि.सं.२०७८ वैशाख ९ बिहीवार

648 

shares

९ बैशाख, लहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानान्कारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

आगलागीमा रु १५ लाख क्षति

विद्युत् चुहिएर आज बिहान सिरहाको मिर्चैया नगरपालिका–६ जीवामा आगलागी हुदाँ करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ । उनका स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा कार र विङ्गर आपसमा ठोक्किँदा आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१ज ८८८५ नंको टाटा विङ्गर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–०२२च२५३६ नंको कार आपसमा ठोक्किँदा कारमा सवार दुई र विङ्गरमा सवार पाँच यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
रासस

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:४९ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...