back
CTIZAN AD

राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन– विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनु

वि.सं.२०७८ वैशाख ९ बिहीवार

732 

shares

९ वैशाख, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बिसेको समिति बैठकले हवाईमार्गबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिन वा होल्डिड सेन्टमा राखेर उनीहरुमा कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्न पि.सि.आर. परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

‘कोभिड–१९ महामारी रोगको दोस्रो लहरले निम्त्याएको जटिलता र नागरिकको स्वास्थ्य सुरक्षा’ विषयक सो छलफलमा विगतमा पटक–पटक दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाको समीक्षा गरी कोरोना नियन्त्रण कार्य प्रभावकारी बनाउन थप निर्देशन दिने निर्णय भएको हो ।

त्यस्तै बैठकले भारतबाट फर्कनेको कोभिड ९१९ को संक्रमण भए नभएको सीमा नाकामा नै परीक्षण गरी रिपोर्ट नआएसम्म होल्डिड सेन्टरमा होल्ड गरी राख्ने, नेगेटिभ रिपोर्ट आउनेलाई व्यवस्थित रुपमा(जनस्वास्थ्यको मापदण्डलाई अवलम्बन गरेर) अभिलेख राखी न्यूनतम १० दिन क्वारेन्टिनमा राख्ने र पोजिटिभ रिपोर्ट आउनेलाई आइसोलेसनमा राख्ने व्यवस्था तत्काल मिलाउन र क्वारेन्टाइन र आइसोलेसन महिला मैती बनाउन निर्देशन दिएको छ ।

साथै समितिले दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीहरुमा कृतिम अभाव देखाउने, कालोबजारी हुन नदिन अनुगमनलाई तीव्रता दिन तथा दोषी पाइए कानूनबमोजिम कडा कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरबाट विषम परिस्थिति उत्पन्न हुन लागेकाले केन्द्रीकृत र रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन गर्न सरकारको पहलमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सम्बन्धीत सरोकारवालाहरुको सहभागितामा ‘सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गरी क्रियाशिल गर्न समितिले सुझाव दिएको हो ।

बैठकले हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागीतामा अनुगमन समिति निर्माण गर्न पनि निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार २०:१७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...