back
CTIZAN AD

एमालेमा बादलको बरियता ईश्वर पोखरेलपछि

वि.सं.२०७८ वैशाख १० शुक्रवार

678 

shares

वैशाख १०, काठमाडौं । नेकपा (एमाले)मा रामबहादुर थापा बादलको बरियता पार्टी महासचिव ईश्वर पोखरेलपछि कायम भएको छ । शुक्रबार बसेको एमालेको महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटीअनुसार बादलको बरियता पोखरेल पछि देखिएको हो ।

बरियतामा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि बामदेव गौतमलाई राखिएको छ । बादललाई ओली, गौतम र पोखरेलपछि चौथो बरियतामा राखिएको छ । बादलसँगै विष्णु पौडेल र सुवास नेम्वाङको बरियता कायम गरिएको छ ।

यसअघि बादलले माओवादी केन्द्र छाड्दै गर्दा ओली पछिको बरियता आफुँलाई दिनुपर्ने माग राखेको कुरा बाहिर आएको थियो ।

शुक्रबार ओलीले माधव कुमार नेपाल समूहलाई ‘आउट’ गर्दै स्थायी कमिटी घोषणा गरेका थिए । उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको समय आफुँ पक्षमा देखिएका नेताहरुलाई समेटेर स्थायी कमिटीको निर्माण गरेका हुन् ।

आजको बैठकमा ओलीले थप केहि सदस्य थपिने पनि जानकारी गराएका छन् ।

 

वि.सं.२०७८ वैशाख १० शुक्रवार १४:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...