
वैशाख १०, काठमाडौं । नेपाल एलपी उद्योग संघले घरमा खाली रहेका खाना पकाउने ग्यासका सिलिण्डर तत्काल भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।
संघले कोरोनाको दोस्रो लहर देखिएको र दोस्रो लहरले पार्न सक्ने समस्यालाई दृष्टिगत गर्दै सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको हो । संघले बिक्रेतालाई पनि खाली सिलिण्डर नराख्न आग्रह गरेको छ ।