१० वैशाख, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्र ले बिग्रिएको अबस्थामा रहेका अक्सिजन प्लान्टहरु मर्मत गर्ने जनाएको छ ।
केन्द्रका अध्यक्ष महाविर पुनले सामाजिक सञ्जालमार्फत बिग्रिएको अबस्थामा अक्सिजन प्लान्टहरु छन् भने मर्मत गर्न सके सम्म प्रयास गर्ने जनाएका हुन् ।
भारतमा कोरोनाको दोस्रो लहरमा बिरामीहरुले अक्सिजन नपाएर मरिरहेको समाचार सुनिएको भन्दै उनले नेपालमा अक्सिजन प्लान्टहरुको अबस्था के छ र कतिसम्म अक्सिजनहरु उपलब्ध छन् भन्ने जानकारी समेत चाहेका छन् ।
कोरोनाको दोश्रो लहर आईरहेको अबस्थामा पहिले नै सजग हुनु पर्ने कुरामा जोड दिँदै उनले आबश्यक परेमा 9841592361 सम्पर्क राख्न समेत सबैसँग आग्रह समेत गरेका छन् ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:१९ मा प्रकाशित





























