back

सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका युवक पक्राउ

वि.सं.२०७८ वैशाख १० शुक्रवार

273 

shares
GLOBAL IME AD
NTC AD

१० बैशाख, गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठामा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:३१ मा प्रकाशित

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ...

मकै खेती विस्तार गर्न किसानलाई अनुदान

मकै खेती विस्तार गर्न किसानलाई अनुदान

पर्वत । जिल्लामा मकै बाली विस्तार गर्न चालु आर्थिक वर्षमा...

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय...

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...