back
CTIZAN AD

बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

वि.सं.२०७८ वैशाख ११ शनिवार

660 

shares

११ वैशाख, काठमाडौं । नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन् । पटकपटकको सङ्घर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै पनि ओझेलमा छन् । तत्कालीन समयमा राणा शासनको अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल ।

राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उनले सो क्रममा आफूसहितका साथीहरूले धेरै दुःख कष्ट भोग्नुपरेको अनुभव सुनाए । विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो । तत्कालीन समयमा जनपक्षीय सेनाका रुपमा रहेको आफूसहितको ६६४ जनाको टोली मुक्ति सेनामा आबद्ध रहेको जानकारी दिँदै उनले २००८ सालमा सिंहदरबारभित्र क्याम्पमा रहँदा आफूले सेनाका अधिकृतका साथै तत्कालीन युवराज महेन्द्रसँग समेत फुटबल खेलेको अनुभव सुनाए ।

रक्षा दलका तर्फबाट फुटबल खेल्दाका धेरै रोचक कुरा आफ्नो स्मृतिमा अझै ताजा रहेको उनले बताए । रक्षा दलसँगकै आबद्धताका क्रममा २००८ सालमा बिपी कोइराला पोखरा हुँदै बागलुङतिर जाने क्रममा उनीसँगै काठमाडौँबाट पोखरासम्म आठ दिन हिँडेर आएको बताउँदै उनले बिपीले आफूसँग आएका साथीभाइको खानपिन आदि समस्याबारे निकै चासोका साथ जानकारीमा राख्ने गरेको उल्लेख गरे । “आफूसँग आएकाले के के खाए, सुताइ कस्तो भयो आदिबारे बिपीले निकै चासो दिनुहुन्थ्यो”, उनले भने । वि.सं २००८ पछि रक्षा दलमा आबद्धमध्ये १६४ जनाको बखानसिंह गुरुङ नेतृत्वको टोली सिंहदरबारबाट छुट्टिएर जोगवनी हुँदै विराटनगरसम्म पुगेको जानकारी दिँदै उनले उक्त टोली २०१४ सालसम्म उदयपुर, भोजपुर, उदयपुरगढीलगायतका स्थानमा पुगेको बताए ।

“ हाम्रो टोलीलाई तत्कालीन समयमा पश्चिमा टोली भन्ने गरिन्थ्यो”, उनले भने । रक्षा दलमा रहँदा त्यहाँ खटिएबापत मासिक रु १५ सम्म पारिश्रमिक पाउने गरेको र अधिकतम रु २० सम्म पाएको खनालको अनुभव छ । यसबीचमा आफूहरूले गरेको योगदानका आधारमा स्थायी गरिनुपर्छ भन्ने माग राखे पनि त्यसको सुनुवाइ हुन नसकेको र २०१४ सालमा टोलीका कमाण्डर बखानसिंह गुरुङले स्थायी गर्न नसकिएको भन्दै राजीनामा दिन भने पछि आफूसहितका १० जनाले राजीनामा दिएको उनले सुनाए । “हामीले राजीनामा दिए पनि पछि अरु केही साथीलाई भने स्थायी गरियो”, खनालको भनाइ छ । स्थायी नभए पनि तत्कालीन समयको योगदानको कदर गर्दै चितवनको बखानटारमा जग्गा उपलब्ध गराउने जस्ता विभिन्न आश्वासन पाइए पनि ती सुविधाबाट आफूहरू वञ्चित बनेको उनको गुनासो छ ।

विसं २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तत्कालीन जामुने गाउँ विकास समिति वडा नं १ को वडाध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा विजयी भएपछि गाउँ टोलका बाटोघाटो, पानी पँधेरो, पुल पुलेसो आदिको व्यवस्थापनमा समय खर्चिएको बताए । “त्यस समयमा त अहिलेको जस्तो पैसा पनि हुने थिएन, जनश्रमदानसहित उपलब्ध साधनस्रोतको उपयोग गर्दै विकास निर्माणका काम अघि बढाइन्थ्यो”, उनले भने आफूजस्ता धेरैको योगदानको जगमा देशमा ठूला ठूला परिवर्तन आए पनि नेपाली जनताले अझै पनि वास्तविक परिवर्तनको अनुभव गर्न नपाएकोमा खनालको दुःखेसो छ । जनताले विश्वास गरेका दलबीच नै आपसी खिचातानी, आरोप प्रत्यारोपका साथै आर्थिक अनियमितता, भ्रष्टाचार आदिले विगतमा योगदान गरेकाप्रति अपमान हुने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । रासस

वि.सं.२०७८ वैशाख ११ शनिवार १०:३१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...