११ वैशाख, काठमाडौं । कोरोनाकाे संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै काठमाडौं उपत्यकामा कम्तिमा पनि चार हप्तासम्म लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाब दिएको छ । मन्त्रालयले पनि जोखिम हेरेर नै लकडाउन गर्नको लागि सीसीएमसीलाई सुझाब दिएको स्रोतको दाबी गरेकाे छ ।
स्राेतले बताएअनुसार चिकित्सक तथा जनस्वास्थ्यविद्हरुले मन्त्रालयलाई तत्कालै लकडाउन लगाउन सुझाब दिएका छन् ।
मन्त्रालयकाे सुझाबबारे सिसिएमसीले भने कुनै निर्णय भने लिइसकेकाे छैन् । सिसिएसमीले मन्त्रिपरिषदलाई आफ्नो सुझाव पेश गर्नेछ ।
पछिल्लाे समय काठमाडाैं उपत्यकामा काेराेना संक्रमितकाे संख्या गुणात्मक रूपमा बढिरहेकाे छ । दैनिक थपिएका संक्रमितमध्ये झण्डै आधा संक्रमित काठमाडाैं उपत्यकाबाट मात्रै थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
वि.सं.२०७८ वैशाख ११ शनिवार २०:०० मा प्रकाशित






























