Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी सात राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम सजिलै सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्नेछ । वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला । गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्नेछ । नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुहोला । ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि नियमित काममै अल्झिनाले पछि परिनेछ । आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन् । रमाइलो जमघट एवं भोजभतेरको अवसर भने प्राप्त हुनेछ । तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । अवरोधको समय रहेकाले नयाँ काम थाल्न हतार नगर्नुहोला । समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । पछिका लागि लगानी बढाउने समय छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । ठूलो भागको आशा राख्दा नोक्सान हुन सक्छ । आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । आर्थिक लेनदेनमा सजग रहनुहोला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरू जुट्नाले आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। कामको लगावले लोकप्रियता हासिल गर्न सकिनेछ । तर ईर्ष्या गर्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला । काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च लागे पनि व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ । व्यापारमा लाभ लिने समय छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । वादविवादमा अघि नबढ्नुहोला । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।

२०७८ वैशाख १२ गते, आइतवार, (२५ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १