back
CTIZAN AD

चितुवाको छालासहित दुई पक्राउ

वि.सं.२०७८ वैशाख १२ आइतवार

678 

shares

१२ बैशाख, मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिए । उनका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाबाट करिब एक वर्ष पहिले पनि रामबहादुर अयडीसहितका व्यक्तिलाई चितुवाको छाला, हड्डी दाँत र मृगका हड्डीसहित मुद्दा चलाइएको थियो ।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १०:०५ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...