back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

वि.सं.२०७८ वैशाख १२ आइतवार

576 

shares

१२ बैशाख, दमक । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उनका विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईलाई पत्नीशोक

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेका उनकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको आज बिहान असमायिक निधन भएको हो ।

श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएका उनका आज बिहान १।३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका आज बिहान ११ बजे झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ । उनका एक छोरा र एक छोरी छन्।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १०:२१ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...