back
CTIZAN AD

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

वि.सं.२०७३ माघ २२ शनिवार

993 

shares

himalसोलुखुम्बु । धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ ।

हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन् । उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ ।

त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधारशिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउनुहुन्छ ।

पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपिसिसीले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् ।

आधार शिविरको मानव मलमूत्र भने एसपिसिसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउनुहुनछ ।

सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार नौ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र सङ्कलन गरेको एसपिसिसीको कार्यालय नाम्चेले जनाएको छ ।

यो भन्दा अघि देखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिने लगायतका समस्या अहिले देखिएका छन् ।

यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।

वि.सं.२०७३ माघ २२ शनिवार १०:१२ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...