back

सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

वि.सं.२०७३ माघ २२ शनिवार

669 

shares
IME Limited
NTC AD

himalसोलुखुम्बु । धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ ।

हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन् । उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ ।

त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधारशिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउनुहुन्छ ।

पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपिसिसीले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् ।

आधार शिविरको मानव मलमूत्र भने एसपिसिसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउनुहुनछ ।

सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार नौ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र सङ्कलन गरेको एसपिसिसीको कार्यालय नाम्चेले जनाएको छ ।

यो भन्दा अघि देखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिने लगायतका समस्या अहिले देखिएका छन् ।

यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।

वि.सं.२०७३ माघ २२ शनिवार १०:१२ मा प्रकाशित

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती...

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी) । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका...

पर्यटनको प्रचुर सम्भावना रहेको माडीको अयोध्यामार्ग

पर्यटनको प्रचुर सम्भावना रहेको माडीको अयोध्यामार्ग

भरतपुर (चितवन) । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका...