back
CTIZAN AD

कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आइसीयुमा २५२ र भेन्टिलेटरमा ६५ जना

वि.सं.२०७८ वैशाख १३ सोमवार

597 

shares

१३ बैशाख, काठमाडौं । नेपालमा केही सातायता कोरोना संक्रमण हुनेको संख्या निरन्तर बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सोमबारसम्मको तथ्यांक अनुसार हाल देशैभरी १९ हजार ३८२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये होम आइसोलेशनमा १७ हजार ७७८ जना र संस्थागत आइसोलेशनमा रहेर उपचार गराउनेको संख्या १ हजार ५९४ रहेको छ ।

त्यसैगरी देशैभरी रहेका विभिन्न अस्पतालका आइसोलेशनमा रहनेको संख्या २५२ र भेन्टिलेटरमा ६५ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तो छ होम\संस्थागत आइसोलेशनमा रहनेको विवरण ?
मन्त्रालयका अनुसार कोरोना संक्रमित भइ होम आइसोलेशनमा रहनेको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ । प्रदेशमा ८ हजार ७५९ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । प्रदेशमा ४ हजार ६९८ जना, तेस्रोमा प्रदेश २ रहेको छ त्यहाँ १२१३ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ११२४, प्रदेश १ मा ९०२, कर्णाली प्रदेशमा ५५० र सुदूरपश्चिम प्रदेशमा ५४२ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी संस्थागत आइसोलेशन रहनेमा प्रदेश १ मा ७८, प्रदेश २ मा ४४, वागमती प्रदेशमा ६८३, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ४३४, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्चिम प्रदेशमा २७० जना रहेका छन् ।

यस्तो छ आइसीयु र भेन्टिलेटरमा रहनेको विवरण

त्यसैगरी देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा २५२ जनाको उपचार भइरहेको छ । जसमा प्रदेश १ मा २१, प्रदेश २ मा ९, वागमती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १६ जना र सुदूर पश्चिम प्रदेशमा १० जना रहेका छन् ।

त्यस्तै वागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशको भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १२:३८ मा प्रकाशित

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...