back
CTIZAN AD

स्वदेशी तरकारीको माग बढेपछि खेती विस्तार

वि.सं.२०७८ वैशाख १३ सोमवार

618 

shares

१३ बैशाख, झापा । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ ।

अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो । भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा भाञ्जा कृषि फार्मका सञ्चालक अनिल पौडेलले बताए ।

“स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सकियोस् भनेर यसपालि हामीले उत्पादनलाई तेब्बर पार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, सञ्चालक पौडेलले भने । उनका अनुसार भद्रपुर नगरपालिका–४ मा भद्रपुर गौशालाको स्वामित्वमा रहेको १६ बिघा जग्गा फार्मले सात वर्षका लागि लिजमा लिएर तरकारी फलाएको छ । भद्रपुर–१० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीमा सरकारी स्वामित्वमा रहेको २० बिघा जग्गासमेत यसपालि मामा भाञ्जा कृषि फार्मले लिजमा लिएर उत्पादन शुरु गरिसकेको छ ।

यसैगरी मेचीनगर–११ को १५ बिघा र अर्जुनधारा–८ को १५ बिघा गरी कूल ६६ बिघा जग्गामा मामा भाञ्जा कृषि फार्म विस्तारित भइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित यो सबैभन्दा ठूलो तरकारी उत्पादक कृषि फार्म हो । भारतबाट आयातित सागसब्जी विषादीको मात्रा नजाँची भित्रिने गरेको र त्यसबाट स्वास्थ्यमा समस्या आउने आशङ्का बढेका कारण जिल्लाका सर्वसाधारण स्वदेशी तरकारीको उपभोगप्रति आकर्षित बनेका छन् ।

फार्मले एक दर्जन जति साना गाडीमार्फत जिल्लाका सबै पालिकामा उपभोक्ताको टोलमै ताजा तरकारी बिक्रीका लागि पुर्याउने गरेको छ । फार्मले कृषिविज्ञ राखेर तरकारी खेतीमा मल, गोडमेल र किटनाशक औषधिको प्रयोग गर्दै आएको छ । यहाँबाट थोक तथा खुद्रा दुवै प्रकारले तरकारी बिक्री गर्दै आएको छ ।

यसै सिजनमा ३० हजार टन स्क्वास फर्सी फलाएर बजारमा बिक्री गरेको सञ्चालक पौडेलले बताए । यही सिजनमा तीन सय देखि ५०० केजी टमाटर र पाँच हजार केजी बोडी बिक्री भइसकेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै पौरख गर्ने सोचका साथ शुरु गरेको फार्मका सञ्चालक युवा उमेरका छन् । उनीहरु कार्य विभाजन गरेर खेती स्याहार्ने र बिक्रीका लागि बजार खोज्ने काममा आफैँ खटिने गरेका छन् । हालसम्म फार्मका लागि सरकारी अनुदान नलिएको पौडेलले बताए ।
रासस

वि.सं.२०७८ वैशाख १३ सोमवार १२:४३ मा प्रकाशित

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...