१२ बैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आजदेखि १९ देखि ५९ वर्ष उमेर समुहलाई लगाइदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा विभिन्न खोप केन्द्रबाट १९ देखि ५९ वर्ष सम्मका आम नागरिकले खोप लगाउन पाउने छन् ।
यी हुन् खोप केन्द्रहरु
.१ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
२. हिमाल अस्पताल ज्ञानेश्वर
३. निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर
४. नेपाल मेडिकल कलेज जोरपाटी
५. परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली
६ काठमाडौँ मेडिकल कलेज सिनामंगल
७ सशस्त्र प्रहरी अस्पताल बलम्बु
खोप लगाउनका लागि आफ्नो नागरिकता तथा परिचय खुल्ने सरकारी प्रमाणपत्र बोकेर जान पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:५७ मा प्रकाशित






























