१३ वैशाख, एजेन्सी। म्यानचेस्टर सिटीले लगातार चौथो पटक इएफएल कपको उपाधि हात पारेको छ । सिटीले गएराति भएको फाइनल खेलमा टोटेनहामलाई पराजित गर्दै लगातार चौथो पटक उपाधि हात पारेको हो ।
सिटीको जितमा दोस्रो हाफको ८२ औँ मिनेटमा सेन्ट्रल मिडफिल्डर एम्रिक लापोर्टेले केभिन डी ब्रुएनाको पासमा गोल गरेका थिए । लापोर्टेको एकमात्र गोल मद्दतमा उपाधि जितेको सिटीले इएफएलको सर्वाधिक विजेता लिभिरपुलले यसअघि बनाएककाे लगातार चार पटक उपाधि जिन्नेको कीर्तिमानिसँग बराबरी बनाएको छ ।
लिभरपुलले यसअघि सन् १९८० देखि ८४ सम्म लगातार चार पटक उपाधि जितेको थियो । भने सिटीले २०१८ देखि २०२१ सम्म लगातार चार पटक उपाधि जितेर लिभरपुनलको कीर्तिमानिसँग बराबर बनाएको छ ।
कोरोनाका कारण लामो समयसम्म दर्शक विहिन मैदानमा खेले हुदै आएकोमा इएफएलको फाइनल खेलमा भने आठ हजार दर्शकको उपस्थीति रहेको थियो ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:५३ मा प्रकाशित


























