back
CTIZAN AD

आरम्भ चौतारीका पुनः नियुक्त अध्यक्ष पोखरेलले लिए समथ

वि.सं.२०७८ वैशाख १३ सोमवार

645 

shares

१३ बैशाख, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका पुनः नियुक्त अध्यक्ष जगत पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सपथ ग्रहण गराएका थिए ।

पोखरेल लघुवित्त वित्तिय संस्थाहरुलाई देशकै उदाहरणीय वित्तिय क्षेत्रको रुपमा परिचित बनाउने अभियानमा रहेका  छन्। उनी देशभरका लघुवित्त संस्थाहरुको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्ष समेत हुन् ।

गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारण सभाले उनी लगाएत संस्थापक समूह क तर्फका चार र सर्वसाधारण समूह ख तर्फका दुई रिक्त पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो । जसमा संस्थापकबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल चयन भएका थिएभने सर्वसाधारण समूहबाट केशवराज पन्थी र विमल आचार्य चयन भएका थिए ।

दुई लघुवित्त चौतारी लघुवित्त र आरम्भ लघुवित्त मर्ज गरेर बनेको आरम्भ चौतारी लघुवित्तले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो । पुनः नियुक्त पोखरेल आफ्नो कार्यकाल भित्र आरम्भ चौतारीका साथै समग्र लघुवित्तिय क्षेत्रलाई वित्तिय क्षेत्रमा उदाहरणीय बनाउने योजनामा रहेका छन् ।

आरम्भ चौतारीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेका अनुसार हाल संस्थाको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ । उनले निकट भविष्यमानै लघुवित्तहरुलाई थप मर्जज गर्दै लगेर वित्तिय क्षेत्रमा उदाहरणी काम गर्ने पक्षमा आरम्भ चौतारी रहेको बताए ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:१० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...