back
CTIZAN AD

मालपोत कार्यालयले बार अनुसार सेवा दिइने

वि.सं.२०७८ वैशाख १३ सोमवार

609 

shares

१३ बैशाख, बनेपा । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताए।

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ । गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताए । यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।
रासस

वि.सं.२०७८ वैशाख १३ सोमवार १३:०० मा प्रकाशित

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...