back
CTIZAN AD

भारतमा संक्रमण बढ्दै जादा आइपिएलबाट खेलाडी बाहिरीने क्रम बढ्यो

वि.सं.२०७८ वैशाख १३ सोमवार

750 

shares

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको बावजुत संचालनमा रहेको इन्डियन प्रिमियर लिग (आइपिएल) बाट खेलाडीहरुले  प्रतियोगितमा  छाड्न थालेका छन् । हाल इन्डियामा बढ्दै गएको कोरोना संक्रमणका कारण खेलाडीहरुले खेल छाड्न थालेका हुन् ।

देल्ली क्यापिटलका स्पीनर रविन्द्र आस्विनले सामाजिक सञ्जालमा आफु आइपिएलको बाँकि खेलहरुमा सहभागि नहुने जनाएका छन् । उनले कोरोना भाइरस महामारीको अवस्थामा परिवारलाई साथ दिने भन्दै आइपिएल छाडेकाे घोषणा गरेका छन् ।

उता रोयल च्यालेन्जर्स बेंग्लोरका दुई अस्ट्रेलियन खेलाडी केन रिचार्डसन र एडम जाम्पाले पनि बाँकि खेलमा सहभागिता नजनाउने भएका छन् । उनीहरुले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिताबाट बाहिरीन चाहेको बताएका छन् ।

यसअघि पनि प्रतियोगिताबाट राजस्थान रोयल्सका तीव्र गतिका बलर एंड्रयु टेले र लियाम लिभिङस्टोनले पनि व्यक्तिगत कारण देखाउदै प्रतियोगिताबाट बाहिरीएको घोषणा गरेका थिए।

Official Announcment:

Adam Zampa & Kane Richardson are returning to Australia for personal reasons and will be…

Posted by Royal Challengers Bangalore on Sunday, April 25, 2021

भारतमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहान सार्वजनिक तथ्यांकअनुसार आइतबार भारतभर ३ लाख ५२ हजार ९ सय ९१ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

वि.सं.२०७८ वैशाख १३ सोमवार १६:१३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...