१३ बैशाख, काठमाडौं । एमालेका कर्णाली प्रदेश सभाका चार सांसद पद मुक्त भएका छन् ।
प्रदेश सभाको सोमबार बसेको बैठकले चार सांसदलाई पद मुक्त गरिएको बताइएको छ ।
एमालेका माधव नेपाल समुहका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर बहादुर थापालाई सांसद पदबाट मुक्त गरिएकोे प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशसभा नियमावली २०७५ को नियम १९१ बमोजिम चारैजना प्रदेशसभाको सांसद पदबाट मुक्त भएको सभामुखले घोषणा गरेका हुन् ।
पदमुक्त भएका चारैजनाले बैशाख ३ गते पार्टीको ह्पि विपरित फ्लोर क्रस गर्दैे मुख्मन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई साथ दिएका चार मध्ये शाही, थापा र बुढा क्रमश भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक तथा पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा चैत ४ गते नियुक्त भएका थिए ।
वि.सं.२०७८ वैशाख १३ सोमवार १६:२३ मा प्रकाशित






























