back
CTIZAN AD

आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नु दुखद् – नेपाली साझा मञ्च

वि.सं.२०७३ माघ २२ शनिवार

789 

shares

“देशका लागि केहि त गरौ १” भन्ने नाराका साथ गठन भएको नेपाली साझा मञ्च तथा समितिको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्णय भैसकेका आयोजनाहरुको काम अघि नबढ्नु दुखद् भएको बताएको छ । नेपाली साझा मञ्च केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष रामकृष्ण घिमिरे र मञ्चको अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक महेश श्रेष्ठद्वारा संयुक्त रुपमा जारी वक्तव्यमा नेपालकै भाग्य र भविष्य जोडिएको राष्ट्रिय गौरवको आयोजनाहरु मध्येको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि निर्णय भएको डेढ दशक भईसक्दा र मध्य तराईको विकासकै मेरुदण्डका रुपमा रहने द्रुत मार्ग नेपाली सेनाले ट्रयाक खोलेको १२ वर्षबढी भईसक्दा पनि निर्माण सम्पन्न नहुनु नेपालीहरुका लागि दुःख लाग्दो विषय भएको जनाइएको छ ।
“उक्त द्रुत मार्ग र विमानस्थल निर्माणका कुरा छिमेकी राष्ट्रहरुको सुरक्षा चासोका कारण प्रभावित भएर रहनु हामी स्वतन्त्र र सार्वभौम राष्ट्रका नेपालीहरुका लागि लज्जाको विषय हो । ” वक्तव्यमा अगाडि भनिएको छ – तत्कालका लागि यी विकास निर्माणका कार्य स्थानीय सरोकारका विषय देखिए पनि सम्पूर्ण देश–विदेशमा रहेका नेपाली हुँ भन्ने हामीहरुको सरोकार र राष्ट्रिय अस्मितामा जोडिएको विषय हो । अहिले यस विषयमा स्थानीय तहबाट गरिरहेको रिले अनशन लगायतको संघर्षलाई उच्च सम्मान गर्दै हामी हाम्रो विकासको सवालमा छिमेकी राष्ट्रले चासो राखेर अवरोध समेत पुर्याएको सार्वजनिक भएका तथ्यका आधारमा आपत्ति जनाउदै नेपाल सरकारले द्रुत मार्गका लागि १० अर्ब र विमानस्थलका लागि डेढ अर्ब बजेट विनयोजन गरे अनुसार अघि बढ्न आग्रह गर्दछौ । ”
उक्त वक्तव्यमा देश–विदेशमा रहेका तमाम देशभक्त नेपालीहरुका तर्फबाट नेपाल सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै स्थानीय तहबाट संचालित संघर्षलाई नेपाली साझा मंच अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट हाम्रो नैतिक, भौतिक र आर्थिक रुपमा समेत साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सो राष्ट्र र विकासका लागि भईरहेको संघर्षमा हाम्रा शुभेच्छुक तथा सदस्यहरु एवं देशभक्त न्यायप्रेमि जनसमुदायलाई सहभागि हुन समेत अपिल गर्दछौ , भनिएको छ । वक्तव्यमा दलगत स्वार्थ र राष्ट्रघातको राजनीति गरेर मुलुकप्रति गद्दारी गर्नेहरुलाई खबरदारी गर्दै नेपाली जनताले ती राष्ट्रघातिहरुलाई कुनैपनि हालतमा नछाड्ने चेतावनी दिइएको छ ।

वि.सं.२०७३ माघ २२ शनिवार १६:३७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...