back

जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन

वि.सं.२०७३ माघ २३ आइतवार

597 

shares
IME Limited
NTC AD

२३ माघ,डडेल्धुरा । तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन् ।

हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन नसक्दा विपद् एवम् मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

विपद्को उच्च जोखिम मानिएको यो जिल्लामा हावापानी तथा जलवायु पविर्तनसम्बन्धी पूर्वजानकारी गराउने अन्मा मिटर खराब भएको एक वर्षसम्म मर्मत हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने महेन्द्र माविका शिक्षक अशोक बमले बताउनुभयो ।

हुरीबतासको मौसम आउनै लाग्दा पूर्वजानकारी गराउन सक्ने अन्मा मिटर खराबका कारण पूर्वानुमान गर्न नसकिने कार्यालयले जनाएको छ । हावापानीसँगै तापक्रम मापनमा सहयोग पु¥याउने अन्मा मिटर बिग्रँदा डडेल्धुराको तापमान पनि यकिन गर्न कार्यालयलाई समस्या हुने गरेको फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत श्याम सुनारले बताउनुभयो ।

बिग्रेको एक वर्षसम्म अन्मा मिटर बन्न नसक्दा सबैभन्दा बढी असर जलवायु परिवर्तनको प्रभाव मापन हुन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत सुनारले बताउनुभयो ।

मिटर बिग्रेको सम्बन्धित निकायमा परिपत्र गरेको एक वर्षसम्म बजेटको अभाव देखाई बन्न सकेको छैन, निमित्त अधिकृत सुनारले भन्नुभयो — मिटर मर्मतका लागि करिब रु दुई लाखसम्म खर्च लाग्ने अनुमान छ भने नयाँ खरिद गर्न करिब रु पाँच लाखसम्म खर्च लाग्न सक्छ ।

वि.सं.२०७३ माघ २३ आइतवार ०८:३९ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौँ । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश...

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर (धनुषा) । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय...

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट...