back
CTIZAN AD

जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन

वि.सं.२०७३ माघ २३ आइतवार

1K 

shares

२३ माघ,डडेल्धुरा । तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन् ।

हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन नसक्दा विपद् एवम् मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

विपद्को उच्च जोखिम मानिएको यो जिल्लामा हावापानी तथा जलवायु पविर्तनसम्बन्धी पूर्वजानकारी गराउने अन्मा मिटर खराब भएको एक वर्षसम्म मर्मत हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने महेन्द्र माविका शिक्षक अशोक बमले बताउनुभयो ।

हुरीबतासको मौसम आउनै लाग्दा पूर्वजानकारी गराउन सक्ने अन्मा मिटर खराबका कारण पूर्वानुमान गर्न नसकिने कार्यालयले जनाएको छ । हावापानीसँगै तापक्रम मापनमा सहयोग पु¥याउने अन्मा मिटर बिग्रँदा डडेल्धुराको तापमान पनि यकिन गर्न कार्यालयलाई समस्या हुने गरेको फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत श्याम सुनारले बताउनुभयो ।

बिग्रेको एक वर्षसम्म अन्मा मिटर बन्न नसक्दा सबैभन्दा बढी असर जलवायु परिवर्तनको प्रभाव मापन हुन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत सुनारले बताउनुभयो ।

मिटर बिग्रेको सम्बन्धित निकायमा परिपत्र गरेको एक वर्षसम्म बजेटको अभाव देखाई बन्न सकेको छैन, निमित्त अधिकृत सुनारले भन्नुभयो — मिटर मर्मतका लागि करिब रु दुई लाखसम्म खर्च लाग्ने अनुमान छ भने नयाँ खरिद गर्न करिब रु पाँच लाखसम्म खर्च लाग्न सक्छ ।

वि.सं.२०७३ माघ २३ आइतवार ०८:३९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...