back
CTIZAN AD

हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन

वि.सं.२०७३ माघ २३ आइतवार

744 

shares

२३ माघ,बेनी (म्याग्दी) । म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ ।

जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक वन उपभोक्ता समूहले वनमा खेरजाने काठको उपयोग गरी हलोजुवा र ढिकीजाँतो बनाई बिक्री गर्नुका साथै हलोजुवा र ढिकीजाँतो बनाउनेलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ ।

एक सय ५८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा ६ जनाको संलग्नता रहने गरी विभिन्न २५ वटा समूह गठन गरी टिमुरखेती गरिएको घोर्लास सामुदायिक वनका सचिव इब गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार तीन हेक्टर क्षेत्रफलमा टिमुरको बगँैचा स्थापना गरिएको छ भने उत्पादित बिरुवा जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङ्जा र कास्की जिल्लामा समेत निर्यात गर्दै आएका छन् । प्रतिविरुवा रु २० मा बिक्री हुँदै आएको छ ।

त्यसैगरी सोही वन समूहले हलोजुवा उद्योग पनि सञ्चालन गरेका छन् । सो उद्योगमा हलो, जुवा, मोही र अनौ निर्माण गरी बिक्री–वितरण गर्दै आएको सचिव गिरीले बताउनुभयो । एउटा हलोको रु ६ सय र सेटको (हलो, जुवा, मोही र अनौ)को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै लोप हुन लागेका ढिकीजाँतोको संरक्षण गर्ने उद्देश्यले वन समूहले गाउँमा स्थानीयवासीले प्रयोग गर्नका लागि ढिकीजाँतो पनि स्थापना गरिदिएको छ । अहिले स्थानीयवासीले प्रयोग गर्नका लागि मात्र बनाइएको र बिस्तारै व्यावसायिक रुपमा नै ढिकीजाँतो उद्योग सञ्चालन गर्ने तयारी रहेको सचिव गिरीले बताउनुभयो ।

वि.सं.२०७३ माघ २३ आइतवार ०८:५२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...