back

हलोजुवा र ढिकीजाँतो संरक्षणमा सामुदायिक वन

वि.सं.२०७३ माघ २३ आइतवार

465 

shares
IME Limited
NTC AD

२३ माघ,बेनी (म्याग्दी) । म्याग्दीको एक सामुदायिक वन उपभोक्ता समूहले वन पैदावरको प्रयोग गरी स्वावलम्बी हुने उद्देश्यले हलोजुवा र ढिकीजाँतो संरक्षण अभियान सुरु गरेको छ ।

जिल्लाको बेनी नगरपालिका–१० तोरीपानीमा अवस्थित घोर्लास सामुदायिक वन उपभोक्ता समूहले वनमा खेरजाने काठको उपयोग गरी हलोजुवा र ढिकीजाँतो बनाई बिक्री गर्नुका साथै हलोजुवा र ढिकीजाँतो बनाउनेलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ ।

एक सय ५८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनमा ६ जनाको संलग्नता रहने गरी विभिन्न २५ वटा समूह गठन गरी टिमुरखेती गरिएको घोर्लास सामुदायिक वनका सचिव इब गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार तीन हेक्टर क्षेत्रफलमा टिमुरको बगँैचा स्थापना गरिएको छ भने उत्पादित बिरुवा जिल्लाका विभिन्न गाउँका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, स्याङ्जा र कास्की जिल्लामा समेत निर्यात गर्दै आएका छन् । प्रतिविरुवा रु २० मा बिक्री हुँदै आएको छ ।

त्यसैगरी सोही वन समूहले हलोजुवा उद्योग पनि सञ्चालन गरेका छन् । सो उद्योगमा हलो, जुवा, मोही र अनौ निर्माण गरी बिक्री–वितरण गर्दै आएको सचिव गिरीले बताउनुभयो । एउटा हलोको रु ६ सय र सेटको (हलो, जुवा, मोही र अनौ)को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै लोप हुन लागेका ढिकीजाँतोको संरक्षण गर्ने उद्देश्यले वन समूहले गाउँमा स्थानीयवासीले प्रयोग गर्नका लागि ढिकीजाँतो पनि स्थापना गरिदिएको छ । अहिले स्थानीयवासीले प्रयोग गर्नका लागि मात्र बनाइएको र बिस्तारै व्यावसायिक रुपमा नै ढिकीजाँतो उद्योग सञ्चालन गर्ने तयारी रहेको सचिव गिरीले बताउनुभयो ।

वि.सं.२०७३ माघ २३ आइतवार ०८:५२ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...