२४ माघ, काठमाडौँ । काठमाडौमा कश्मिर सोलिडारिटी दिवस मनाइएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले उक्त अवसरमा आइतबार ” Jammu & Kashmir Issue in Light of UN Resolutions” विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
सो अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गदै नेपालका लागि पाकिस्तान राजदुत मजहर जाभेदले जम्मु कश्मिरको समस्या राष्ट्रसंघको प्रस्ताव अनुसार हुनु पर्नेमा जोड दिनु भयो । उहाँले कश्मिरममा भारतीय सुरक्षा निकायद्धारा निकै ज्यादती भएको र त्यसले मानव अधिकार हनन भएको बताउनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ पत्रकार राजन कार्की र परराष्ट्रविद एवम् रुसका लागि पुर्वराजदुत हिरण्यलाल श्रेष्ठले पनि कश्मिर सोलिडारिटी दिवस बारे आ —आफनो विचार राख्नुभएको थियो ।
पाकिस्तानले हरेक वर्षको ५ फेब्रअरीलाई कश्मिर सोडिारिटी दिवसको रुपमा मनाउँदै आएको छ । सो दिवसको दिन संसारमा भएका मानिसहरुले कश्मिरी जनताको लागि ऐक्यबद्धता प्रकट गदर्छन् । बृटिश नियन्त्रणबाट सन १९४७ को अगस्ट १४ र अगस्ट १५ मा पाकिस्तान र भारत स्वतन्त्र भए देखिनै शुरु भएको यो कश्मिर समस्याको कारण करिव झण्डै एक लाख कश्मिर जनताले आफनो जीवन गुमाइ सकेका छन् ।
वि.सं.२०७३ माघ २४ सोमवार ०३:०३ मा प्रकाशित































