back
CTIZAN AD

सुदूर पश्चिम सेवा समाज शारजाह क्षेत्रीय समिती गठन

वि.सं.२०७३ माघ २३ आइतवार

855 

shares

sudar-pashim-uae
सुदूर पश्चिम सेवा समाज युएईले ०३ फेब्रुअरी २०१७ शुक्रबारका दिन आजमान स्थित नेपाली रेस्टोरेन्ट काठमाण्डौ दरबारमा आजमान शारजाहमा कार्यरत सुदूर पश्चिम बासीहरुले एक वृहत भेला आयोजना गरि त्रिलोक चन्दको अध्यक्षतामा २० सदस्यिय क्षेत्रिय समिति गठन गरेको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष चेतन थापाको अध्यक्षता तथा केन्द्रिय सल्लाहाकार दिलु नगारीको प्रमुख अतिथ्यतामा, केन्द्रिय बरिश्ट उपाध्यक्ष जयराज जोशी, केन्द्रिय उपाध्यक्ष टिकेश्वरी भण्डारी ‘बोगटी’, केन्द्रिय सदस्यहरु मनोज भट्ट ‘सानुकाजी’, देबेन्द्र बिष्ट, शारदा शाह र अलऐन क्षेत्रीय समितीका  अध्यक्ष दिनेस महराको बिशेष उपस्थितीमा सम्पन्न एक वृहत भेलाले त्रिलोक चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिका अध्यक्ष त्रिलोक चन्दले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा आजमान शारजाहमा कार्यरत सम्पूर्ण सुदूरपश्चिम बासीहरुलाई एकजुट गरेर अगाडि बढ्ने जिज्ञासा राख्नुभएको थियो । सुदूर पश्चिम सेवा समाज युएईका केन्द्रिय अध्यक्ष चेतन थापाले नयाँ
समितीलाई बधाई तथा शुभकामना दिदै युएईमा कार्यरत सम्पुर्ण सुदूर पश्चिम बासीहरुलाई एकजुट गर्दै अगाडी बड्नु पर्ने जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज युएई गठन हुनको मुख्य उदेश्य र लक्ष्य सबै सामु छर्लङ पारेका थिए भने भरखरै विश्व भरी छरिएर रहेका सुदूर पश्चिम बासीहरु मिलेर विश्व ब्यापीरुपमा सुपको छाता संगठन अन्तराष्ट्रीय नेपाली सुदूर पश्चिमेली सेवा समाज गठन भई
सकेको कुरा सबैलाई अवगत गराएका थिए ।
संस्थाका केन्द्रिय सल्लाहाकार तथा सो कार्यक्रमका प्रमुख अथिती दिलु नगारीले सुदूरपश्चिम बासीको उल्लेखनिय उपस्थिती देखेर सार्है खुशी भएको जिज्ञासा राख्दै आउँदा दिनमा पनि बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएईबासी नेपालीहरुका समस्या र नेपालमा हुने आपत्ति र बिपत्तीहरुमा समाजले सधैं यसरी सहयोग गरी रहने बिचार ब्यक्त गर्दै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
त्यस्तै केन्द्रिय बरिश्ट उपाध्यक्ष जयराज जोशी, केन्द्रिय उपाध्यक्ष टिकेश्वरी भण्डारी ‘बोगटी’, केन्द्रिय सदस्यहरु मनोज भट्ट ‘सानुकाजी’, देबेन्द्र बिष्ट, शारदा शाह र अलऐन क्षेत्रीय समितीका अध्यक्ष दिनेस महराले पनि आ-आफ्नो जिज्ञासा राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष त्रिलोक चन्दको नेतृत्वमा गठन भएको कार्यसमितीमा निम्न बमोजिमका पदाधिकारी रहेका छन् :
अध्यक्ष – त्रिलोक चन्द
उपाध्यक्ष – देवलाल जोसी
सचिब – दिनेस नगारी
सहसचिब – निर्मला बिक
कोषाध्यक्ष – नरेस प्रसाद भट्ट
सहकोषाध्यक्ष – शंकर बिष्ट
सदस्यहरु
घनश्याम महरा
दीपा मल्ल
महानन्द जोशी
ईस्वर प्रसाद जोशी
रमेस चौधरी
आर्यन साउद
प्रदीप ओझा
तीर्थ बिष्ट
खड़क चन्द
सल्हाकारहरु
बिकास भण्डारी
राजु बिष्ट
दिपक ओझा
राज बोगटी
तेज़ सिंह ऐर रहनुभएको छ ।
सो कार्यक्रमको संचालन समाजका केन्द्रिय बरिश्ट उपाध्यक्ष जयराज जोशीले गर्नुभएको थियो ।

वि.सं.२०७३ माघ २३ आइतवार ११:५२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...