Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

भेरि अस्पतालका डाक्टर संकेतकुमार भन्छन् – भ्याक्सिन लगाएकामा कोरोनाको समस्या कम देखियो



काठमाडौं । कोभिड महामारीको दोस्रो लहरमा नेपालगञ्ज क्षेत्र आक्रान्त बनेको छ । सो क्षेत्रका हजारौं मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । पश्चिम क्षेत्रकै ठुलो भेरी अस्पताल कोरोना संक्रमित विमारीहरुले भरिएको छ । अस्पतालका करिब १ सय स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ, जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बैशाख महिनामा गर्मी बढिरहेको छ । कोरोना संक्रमितको उपचारमा पिपिइ लगाएर दिनभरि पसिनाले भिजेर स्वास्थ्यकर्मीहरुले कसरी उपचार गरिरहेका छन् ? कस्तो छ भेरी अस्पतालको अवस्था ? प्रस्तुत छ यस्तै विषयमाभेरी अस्पतालका फिजिसियन डा. संकेतकुमार रिसालसँग सन्सारन्युजका विशेष संवाददाता नारायण अर्यालले २१ गते मंगलबार गर्नुभएको कुराकानीको सम्पादित अन्र्वार्ता :

अहिले अस्पतालमा कति जना कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् ?

मंगलबारसम्मको तथ्यांकअनुसार भर्ना भएका कोभिड पोजेटिभ देखिएका बिमारीहरुको संख्या २ सय ७७ जना रहेको छ ।

संक्रमितहरुको अवस्था कस्तो छ ?

७ जना भेन्टिलेटरमा छन् । ति भेन्टिलेटर बाहेकका पनि ९० प्रतिशत बिमारी अक्सिजन डिपेन्डेन्ड छन् । यसमा १० प्रतिशत बिमारीहरुलाई १/२ घण्टाको अन्तरलामा अक्सिजन दिइरहनु पर्ने अवस्था रहेको छ ।

आजको मितिसम्म ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये २ जनालाई अलिकति कडा लक्षण देखिएको छ भने बाँकीलाई त्यस्तो कडा लक्षण देखिएको छैन् । यसको कारण हुनसक्छ स्वास्थ्यकर्मीहरुले २ वटै भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिनको रिसर्च मोडेलमा पनि ९१ प्रतिशत विश्वसनियता भनेको अवस्था थियो । त्यो कारणले गर्दा पनि होला जस्तो लाग्छ ।

त्यहाँ कार्यरत कति स्वास्थ्यकर्मी संक्रमित भएका छन् ?

आजको मितिसम्म ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यि मध्ये २ जनालाई अलिकति कडा लक्षण देखिएको छ भने बाँकीलाई त्यस्तो कडा लक्षण देखिएको छैन् । यसको कारण हुनसक्छ स्वास्थ्यकर्मीहरुले २ वटै भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिनको रिसर्च मोडेलमा पनि ९१ प्रतिशत विश्वसनियता भनेको अवस्था थियो । त्यो कारणले गर्दा पनि होला जस्तो लाग्छ ।

भेरी अस्पतालमा लगभग सबै विमारीमा कोरोना छ । स्त्री रोगको सेवा लिन आउनेहरुलाई समेत पिसिआर पोजेटिभ देखिएको छ । इर्मजेन्सीमा नियमित आउने बिमारीहरु र दिर्घरोगीहरुलाई पनि पिसिआर गराउँदा कोभिड पोजेटिभ देखिएको छ । अस्पताल नै कोभिडमय भएको छ अहिले । यस्तो अवस्थामा ९० जना कर्मचारी संक्रमित हुनु कुनै अचम्मको विषय होइन् । त्यसमा पनि २ जनालाई मात्रै जोखिम देखिनु भनेको यो भ्याक्सिनकै कारण हुनसक्छ ।

के सबै संक्रमितहरुले उपचार पाएका छन् ?

छैन । कोभिड पोजेटिभ देखिएका बिमारीहरु जो आएका छन् जसलाई कोभिडको वार्ड नै चाहिएको छ । कोभिडको भेन्टिलेटर नै चाहिएको छ, कोभिडको आइसियु नै चाहिएको छ । त्यस्ता बिमारीलाई हामीले दिन सकेका छैनौं, बिगत ५ दिनदेखि । हामीकहाँ बेडहरु भरिएको छ । खाली छैन् ।

गत वर्ष हामीले ७२ बेड कोभिडलाई भनेर छुट्याएका थियौं । यो वर्ष हामीले त्यसलाई बढाएर १ सय ४२ बनायौं । त्यसले पनि नपुगेपछि माथिको तलामा भएका हरेक विभागीय वार्डहरुलाई प्रि आइसोलेसन वार्ड बनायौं । त्यसो गरिसकेपछि त्यहाँ कोभिड पोजेटिभको नै उपचारको सुरुवात भयो ।

इमर्जेन्सीमा हिजोको मात्रै विषय भन्दा १६ वटा बेड मध्ये ८ वटा बेडमा मात्रै अक्सिजन छ । बिमारी आउँदा इमर्जेन्सीमा अरु नै रोग भनेर आएका हुन् । तिनको आज पिसिआर रिपोर्ट आउँदा ६ जनाको पोजेटिभ आयो । ति बिमारीलाई हामीले २ दिन इमर्जेन्सीमा उपचार गरायौं । पोजेटिभ आउने बित्तिकै कहाँ पठाउने त ? कोहलपुर मेडिकल कलेज पनि भरिएको छ भन्छ । होला नै यत्रो महामारी छ यहाँ । त्यस कारणले गर्दा अहिले हाम्रो अस्पतालको सबै वार्डमा कोभिडका बिमारीहरु छन् । बिमारीहरु डिस्चार्ज भएर मात्रै खाली हुने अवस्था रहेको छ ।

No description available.

मेरो विचारमा अझै धेरै संक्रमितहरु थपिन्छन् । हरेक रोगका आफ्ना मुल्य र मान्यता हुन्छन् । कुनै रोगमा चिनी नखाउ, कुनै रोगमा नुन कम खाउ भन्ने हुन्छ । कोभिडको नियन्त्रण भनेको सामाजिक दुरी कायम गरेर मात्रै गर्न सकिन्छ ।

त्यस क्षेत्रमा अझै संक्रमित थपिने कुरालाई कसरी अनुमान गर्नुभएको छ ?

मेरो विचारमा अझै धेरै संक्रमितहरु थपिन्छन् । हरेक रोगका आफ्ना मुल्य र मान्यता हुन्छन् । कुनै रोगमा चिनी नखाउ, कुनै रोगमा नुन कम खाउ भन्ने हुन्छ । कोभिडको नियन्त्रण भनेको सामाजिक दुरी कायम गरेर मात्रै गर्न सकिन्छ । यो कुरा चाहिँ यो वर्ष सम्बन्धित निकायले लागु गर्न सकेनन् । किन गरेनन् त्यो उहाँहरुलाई थाहा होला । आजको दिनमा पनि जमुना रुपैडिया बोर्डर खुला छ । हिजोसम्म नेपालगञ्जमा हवाई सेवा सुचारु थियो । नाइट बसहरु आइरहेका थिए । हुनत पत्रपत्रिकामा नेपालगञ्जमा ७ दिनदेखि निषेधाज्ञा भन्ने खबर आएका छन् । तर नेपालगञ्ज बाँके जिल्ला लकडाउन भएको होइन, जम्मा २२ वटा वडामा मात्रै निषेधाज्ञा गरिएको हो । हिजोबाट मात्रै बाँके जिल्ला लकडाउन गर्ने भनेर भनिएको छ । जबसम्म हामीले सामाजिक दुरी पालना गर्ने कामलाई कडाइका साथ कार्यान्वयन गर्दैनौ तबसम्म यो कोभिडको चेन ब्रेक हुँदैन् ।

साधन, स्रोत र जनशक्तिको अवस्था अवस्था कस्तो छ ?

भेरी अस्पताल भनेको पुरानो अञ्चल अस्पताल स्तरको अस्पताल हो । साधारण समयमा पनि यसलाई ठुलो अस्पतालको रुपमा लिने गरिन्थ्यो । २५ वटा जिल्लाको केन्द्रको रुपमा यो अस्पताल रहेको छ । त्यो अवस्थामा पनि आवश्यक जनशक्ति कम रहेको थियो । गत सालबाट कोभिड अस्पताल बनाएपछि केहि चिकित्सक र नर्सहरुको दरबन्दी हामीले बढायौं । माग्न त प्रदेश सरकारले फिजिसियन पनि मागेको हो, तर कोहिपनि आएनन् ।

गतवर्षको कोभिड निरन्तरता हुँदाहुँदै दोस्रो लहरको सुरुवात भयो । भर्खरै २३ दिन अगाडि ३ जना एमबिबिएस लेबलका डाक्टरहरु आउनुभएको छ । ४० जना स्टाफ नर्स पुनः मागेकोमा २० जना आउनुभएको छ । कोभिडको मुख्य हेन्डलिङ गर्ने भनेको फिजिसियन डाक्टरहरुले हो । फिजिसियन कोहिपनि नयाँ छैनन् । सबै पुराना मात्रै छौं ।

स्थानिय सरकार, प्रदेश र संघिय सरकारको तर्फबाट कस्तो सहयोग पाउनुभएको छ ?

भेरी अस्पताल भनेको स्थानिय, प्रदेश र संघिय सबै सरकारको हो । हामीले यहाँ जतिपनि काम गरिरहेका छौं यो सरकारको सहयोग नै भएर भएको हो । हामीकहाँ पिसिआर मसिन आयो, स्वाब कलेक्सन आयो, ८० जना सिस्टरहरु नयाँ आउनुभयो, यि सबै सरकारकै सहयोग हो । यो महामारीमा सरकारले सहायोग गर्दागर्दै पनि अपुग छ । डब्लु एच ओ को गाइडलाइन अनुसार ६ वटा बिमारीलाई एउटा सिस्टरले हेर्ने भन्ने छ । तर अहिलेको कोभिडको जटिल अवस्थाका विमारी जो छन्, एउटा सिस्टरले एउटा बेड मात्रै पनि हेर्न सक्ने अवस्था छैन् । त्यो अक्सिजनमा जुन बिमारीहरु छन्, जो छटपटाइरहेका छन्, यो कोभिड रिफरल अस्पताल समेत हो । बाहिरबाट हेर्दा ४० जना नर्सहरु दियो भन्ने होला तर ति ४० जना नर्सहरु भनेको ४० जना बिमारीको लागि हो ।

अस्पतालमा नै अक्सिजन प्लान्ट नभएपनि नेपालगञ्जमा नै अक्सिजन उत्पादन हुने हुँदा नगरपालिका र जिल्ला प्रशासनले समन्वय गरेर अहिलेसम्म बिमारीहरले पाइरहेका छन् । नेपालगञ्जमा मेरो अनुमानमा ६ हजार भन्दा बढि त होम आइसोलेसनमा रहेका छन् । ति होमआइसोलेसनमा रहेका बिमारीहरु हाम्रो परामर्शले मात्रै ठिक हुन्छन भन्ने छैन् । अर्को स्थिति भेरी अस्पतालमा आयो भने अक्सिजनले पुग्दैन् । मास्टरप्लान त राज्यको तर्फबाट हुनैपर्छ । तर आजको मितिमा अक्सिजन पुगेको छैन भन्ने हामीले सुनेका छैनौं ।

यस्तो अवस्थामा खट्ने कर्मचारीलाई प्रोत्साहित गर्न जरुरी छ । गतवर्षदेखि नै हामीले यस्तो जटिल काम गर्दै आउँदा पनि राज्यको तर्फबाट कुनै प्रोत्साहनको काम भएको थाहा पाइएन । प्रोत्साहन भनेको धेरै ठुलो कुरा पनि होइन, पैसा नै भनेको पनि होइन् । एउटा सम्मानपत्र पनि त दिन सकिन्छ नि । हामी फ्रन्टलाइनर हौं नी ।

तत्काल सरकारले कस्तो सहयोग उपलब्ध गराउनुपर्दछ ?

सबभन्दा पहिले त अस्पतालको हकमा जनशक्ति बढाउनुपर्ने आवश्यकता रहेको छ । जनशक्ति सरकारको जो माग्ने तरिका छ त्यो बदल्नु पर्दछ । जस्तो म एउटा उदाहरण दिन्छु, एउटा एमबिबिएस लेबल अध्ययन गरेको डक्टरलाई २ महिनाको लागि भनेर करारमा माग्ने कुरा कति उचित हो ? गत वर्ष मागिएका १४ जना फिजिसियन भेरी अस्पतालमा आएका छैनन् ।

जनशक्तिको वृद्धि संगै जनशक्तिलाई काममा प्रोत्साहन पनि गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । उदाहरणको लागि, म आँफै फिजिसियन हुँ । मैले पिपिइ लगाएर ५/६ घण्टा राउन्ड गर्दा मेरो शरिरबाट कति पसिना जान्छ ? नेपालगञ्जमा यसै पनि यो मौसममा ३५ डिग्री भन्दा धेरै तापक्रम रहेको छ । यस्तो अवस्थामा खट्ने कर्मचारीलाई प्रोत्साहित गर्न जरुरी छ । गतवर्षदेखि नै हामीले यस्तो जटिल काम गर्दै आउँदा पनि राज्यको तर्फबाट कुनै प्रोत्साहनको काम भएको थाहा पाइएन । प्रोत्साहन भनेको धेरै ठुलो कुरा पनि होइन, पैसा नै भनेको पनि होइन् । एउटा सम्मानपत्र पनि त दिन सकिन्छ नि । हामी फ्रन्टलाइनर हौं नी ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा