back
CTIZAN AD

क्रसर, खानी उद्योग तथा उर्जा उत्पादकहरुले आफ्ना अक्सिजन सिलिण्डर कोरोना संक्रमितको उपचारका लागि दिने

वि.सं.२०७८ वैशाख २६ आइतवार

639 

shares

 २६ बैशाख, काठमाडौं । क्रसर, खानी उद्योग, उर्जा उत्पादक संघ लगायतले आफ्ना उद्योगमा संचालन भइरहेको अक्सिजन सिलिण्डरहरु सरकारलाई दिने घोषणा गरेका छन् ।

देशमा कोरोना महामारी तिब्ररुपमा बढ्दै गइरहेको र अक्सिजनको अभावमा धेरैले ज्यान गुमाइरहेको स्थितिमा यी उद्योगहरुले आफूहरुले प्रयोग गरिरहेको अक्सिजन सिलिण्डर सरकारलाई दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले हाल कोभिड–१९ का कारण देशमा सिर्जना भएको विषम् परिस्थिति सँग लड्नु हामी सबैको पहिलो कर्तव्य रहेको बताउँदै उर्जा आयोजनाहरुसँग प्रयोग भइरहेका अक्सिजन सिलिण्डर आफ्ना नजिकका जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय वा कोभिड १९ सँगण् सरोकार राख्ने निकायहरुमा उपलब्ध गराइ नेपाली जनताको ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त गर्न सहयोग गर्न सम्बन्धीत सबैलाई अपिल गरेको छ ।

May be an image of text

देशभरीका क्रसर तथा खानी उद्योगीहरुलाई महासंघको अपिल
त्यसैगरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि विश्वभरी फैलिएको कोरोना महारीले नेपालमा पनि नराम्ररी प्रभाव पारेको तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन अभाव भएकोमा आफ्नो गम्भीर ध्यनाकर्षण भएको बताएको छ ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीद्धारा आइतबार जारी विज्ञप्तिमा देशभर रहेका क्रसर तथा खानी उद्योगहरुले आ–आफ्नो उद्योगमा रहेका अक्सिजन ग्यास खाली तथा भरी सिलिण्डरहरु जिल्ला तथा प्रदेश संघहहरुमा रेर्कड राखी आ–आफ्नो उद्योग रहेको स्थानीय सरकार प्रमुखहरु मार्फत् नेपाल सरकारलाई उपलब्ध गराइदिन अपिल गरेको छ ।

‘ राष्ट्रिय विपद्को समयमा देश र जनताप्रति दायित्व पूरा गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्नुहुन यस महासंघ देशभरका सम्पूर्ण क्रसर तथा खानी उद्योगी व्यवसायीमा हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

No photo description available.

वि.सं.२०७८ वैशाख २६ आइतवार १३:१६ मा प्रकाशित

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...