back
CTIZAN AD

साथीबिच झडप हुँदा एकको मृत्यु

वि.सं.२०७८ वैशाख २६ आइतवार

753 

shares

२६ बैशाख, ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ ।

साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो ।

शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन् ।

शव परीक्षण गर्ने तयारी भइरहेको छ । कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २६ आइतवार १३:२२ मा प्रकाशित

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...