back
CTIZAN AD

११ बुँदे माग राख्दै कर्मचारी युनियनद्वारा प्राधिकरणको ध्यानाकर्षण

वि.सं.२०७८ वैशाख २६ आइतवार

846 

shares

अत्यावश्यक सेवा खट्टिने नेविप्राका कर्मचारीहरुलाई यथासिघ्र कोभिड भत्ताको व्यवस्था गर्न र संक्रमित कर्मचारीहरुको उपचारमा कमिहुन नदिन व्यवस्थापनको ध्यानाकर्षण गरिएकाे छ ।

२६ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले कोरोनाको यो कठिन समयमा कर्मचारीको पक्षमा विभिन्न ११ बुँदे माग राख्दै प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

संक्रमणको अधिक जोखिम रहेको विषम अवस्थामा पनि अत्यावश्यक विद्युत सेवा प्रवाहमा अहोरात्र खटिएका कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा सुरक्षामा जिम्मेवार हुन भन्दै युनियनले प्राधिकरण ब्यबस्थापनको ध्यानाकर्षण गराएको हो ।

युनियनका संयोजक रामेश्वर प्रसाद पौडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा प्राधिकरणका सबै कर्मचारीहरुको बिमा गर्न, अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिने कर्मचारीहरुलाई विगतको झैँ थप भत्ताको व्यवस्था गर्न तथा काममा खटिन नसकेने यस्ता कर्मचारीहरुलाई निषेधाज्ञाको अवधिभरको तलब उपलब्ध गराउन माग गरिएको छ ।

साथै निषेधाज्ञाका कारण काममा खटिन नसकेका कर्मचारीहरुको तलब भक्ता भर्ने गरी घरमुकाम काजको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै सेवा प्रवाहमा खटिने कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामग्रीहरुको उपलब्ध गराउन, त्यस्ता कर्मचारीहरुको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

हरेक प्रदेशमा कोरोना संक्रमित कर्मचारीहरुको उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्यकर्मी तथा खानपिनको व्यवस्थासहित २५ वेड क्षमताको आइसोलेसन कक्ष तथा क्वारेन्टिनस्थलको व्यवस्था गर्न, सेवा प्रवाहमा खटिने कर्मचारीलाई डिउलीमा ल्याउने र लैजाने व्यवस्था मिलाउन, अनावश्यक भिडभाड नहुने गरी कर्मचारीहरुलाई आलोपालो काममा लगाउन, आवश्यकताको आधारमा सेवा निवृत्त कर्मचारीहरुलाई समेत सेवामा समेट्न तथा प्राधिकरणका सबै कार्यालयहरुबाट अत्यावश्यक विद्युत सेवा अवरुद्ध हुन नदिन आवश्यक टास्क फोर्स बनाइ काममा लगाउन पनि युनिएनले ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १५:५९ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...