back
CTIZAN AD

जसपाभित्रको विवाद उत्कर्षमा, जुनसुकै बेला विभाजन हुनसक्ने

वि.सं.२०७८ वैशाख २८ मंगलवार

657 

shares

वैशाख २८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षमा देखिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन तीन दिने म्याद दिएर आव्हान गरेसँगै जसपाभित्रको विवाद उत्कर्षमा देखिएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आव्हान गरेको प्रतिनिधि सभा बैठकमा जसपा स्पष्ट रुपमा दुई कित्तामा देखिएको थियो । जसपाको बहुमत समूहले ओलीको विपक्षमा मत हालेको थियो भने महन्थ ठाकूर समूहले तटस्थमा मत हालेको थियो ।

मतदानका बेलामा दुई कित्तामा देखिएको जसपाभित्र सत्ता समिकरण निर्माणको सुरुवातसँगै रडाको मच्चिएको हो । कांग्रेस र माओवादी केन्द्रसँग मिलेर उपेन्द्र यादवले सत्ता समिकरण निर्माणको प्रयास गरेसँगै महन्थ ठाकूर पक्ष कडा प्रतिपादमा उत्रिएको हो ।

उपेन्द्रको प्रयासलाई असफल बनाउने योजनामा महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र नै पठाएका छन् । उनले आफुँ पार्टीको आधिकारिक अध्यक्ष भएको भन्दै आफुँहरु गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

उपेन्द्रमाथि कारबाही गर्छौं : राजेन्द्र महतो

यसैबीच जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादव पक्षलाई कारबाहीको चेतावनी दिएका छन् । मंगलबार सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले देउवा र माओवादीको उक्साहटमा पार्टी फुटाउन लागेको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

‘अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ। पार्टी फोडुवामाथि कारबाही गर्छौं। पार्टी फोडुवालाई छोड्न हुँदैन’ सञ्चारमाध्यमसँग महतोले भनेका छन्, ‘पार्टी फोड्नलाई एकता गरेको होइन। यो कुरा उपेन्द्रजीले बुझ्न पर्छ। कुनै कार्यकर्ता पार्टी फुटाउन तयार छैन।’

नेता महतोले उपेन्द्र वैकल्पिक सरकार निर्माण प्रक्रियामा जान चाहे पार्टी फुटाएर जानुपर्दछ । पार्टीभित्र आफुँहरु बहुमतमा रहेको महतोको जिकिर छ ।

जसपाको विभाजनले वैकल्पिक सरकार निर्माण अन्यौंल

सत्ता समिकरण निर्माणमा एमालेको माधव समूह जस्तै जसपाको भूमिका पनि निकै महत्वपूर्णं छ । सोमबारको मतदानका बेला संसदमा जसपा विभाजित देखिएको छ । जसपाको बहुमत पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मत हालेको थियो भने जसपाको पूर्वराजपा समूहले तटस्थ तर्फ मत हालेको थियो ।

मतविभाजनमा ओलीको विपक्षमा १७ र तटस्थमा १५ देखिएका थिए । ३२ सांसद भएको जसपा सत्ता अंकगणितमा निकै महत्वपूर्णं स्थानमा छ । यदि जसपाको पुरै मत वैकल्पीक सरकार निर्माणको पक्षमा उभिएमा सहज रुपमा नयाँ सरकार बन्नेछ भने ओलीको पक्षमा उभिएमा पुनः ओलीकै नेतृत्वमा सरकार निर्माण हुनेछ ।

तर, अहिले जसपा विभाजित अवस्थामा देखिएको छ । सोमबारको मतदानमा तटस्थमा मत हालेको जसपाको पूर्वराजपा समूह पुनः ओलीलाई नै निरन्तरता दिनुपर्ने लाईनमा छ भने जसपाको बहुमत समूह वैकल्पिक सरकार निर्माणको लाईनमा छ । तर, जसपा एक हुन नसकेको खण्डमा र स्पष्ट हुन नसकेको खण्डमा भने ओलीलाई नै फाईदा पुग्नेछ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १४:१५ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...